कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दोहोरो बन्दको कारण पहाडी जिल्लाको जनजीवन थप कष्टकर


दोहोरो बन्दको कारण कोसी पहाडी जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । लगातार पाँच दिनदेखि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् र यातायात व्यवशायी तथा मजदुर दोहोरो बन्दका कारण पाँच दिनदेखि धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा सवारी साधन ठप्प भएको छ । स्थानीय प्रशासनले आज सर्वपक्षिय वार्ताको पुनःप्रयास गर्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
लिम्बुवान परिषदले फोटो सहितको मतदाता संकलन कार्य तत्काल रोक्नु पर्ने माग अघि सारेको छ भने यातायात व्यवशायी तथा मजदुरले क्षतिपुर्ति उपलब्ध गराउन माग राखि दुवै पक्षले बन्दलाई निरन्तरता दिएका छन् । यसैबीच परिषदले आफ्नो स्वायत्त क्षेत्र दावी गर्दै आएको अरुण पुर्वका नौ जिल्ला समेत हिजोदेखि बन्द घोषणा गरेको छ । यसबाट ताप्लेजुङ, पाचथर, इलाम, झापा, सुनसरी र मोरङ समेत प्रभावित भएका छन् । परिषदले निर्वाचन आयोगले सञ्चालन गरेको फोटो सहितको मतदाता संकलन अभियान रोक्नु पर्ने भन्दै बन्द गरेको जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com