एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले माओवादी आफ्नो समर्थनमा बनेको सरकारलाई तुरुन्तै ढाल्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले भन्नुभयो-’धरै लामो प्रयासपछि मुलुकले सरकार पाएको छ । सरकार नपाउँदा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समेत बदनाम भएको थियो । हामि सरकार ढाल्ने पक्षमा छैनौं ।’
उहाँले सात बुँदे सहमतिमा भएको सेना समायोजन, आलो पालो प्रणाली र संयन्त्र बनाउने विषय माओवादीको केन्द्रीय कमिटिबाट पारित नभएको भन्दै एमालेले आशंका गरेको बताउनुभयो ।
सचिव गजुरेलले सरकार निर्माण हुनु अघि भएको सात बुँदे सहमतिको अंक्षरश कार्यान्वयनको सुनिश्चितता र गृहमन्त्रालय नपाएसम्म आफ्नो पार्टी सरकारमा भने नजाने बताउनु भयो ।
उहाँले सहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने निर्णय लिइने बताउनु भयो । सचिव गजुरेलले दुई दलबीच २६ बटा मन्त्रालय मध्ये समानुपातिक प्रतिनिधित्वको आधारमा गृहमन्त्रालय सहित १५ बटा मन्त्रालय माओवादीलाई दिने सहमति भएको दावी गर्नुभयो

No comments:
Post a Comment
kushmabajar.blogspot.com