धौलागिरी अञ्चलकै प्रमुख पर्यटकीय जिल्लाको रुपमा चिनिने मुस्ताङमा पर्यटकको आगमनमा वृद्धि भएको छ । सन् २००९ को तुलनामा २०१० मा विभिन्न नाका बाट प्रवेश गर्ने बाहृय पर्यटकको सङ्ख्यामा केही प्रतिशतले बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार २००९ मा ३१ हजार १९९ विदेशी पर्यटकले स्थल र हावाइ मार्ग हुँदै मुस्ताङ प्रवेश गरेकामा गत आर्थिक वर्ष अर्थात् २०१० मा ३६ हजार ३१३ जना र सार्क राष्ट्रबाट १३ हजार २१२ जना रहेका छन् ।
जसबाट सार्क राष्ट्रबाट ४८ प्रतिशत ५९ र पश्चिमा मुलुकबाट ८ प्रतिशतले आगमनमा वृद्धि भएको एक्याप जोमसोमकी पर्यटन सहायक हरिमाया गुरुङले बताउनुभयो ।
विसं २०११ को पहिलो महिनामा चिसो र मौसममा देखिएको समस्याका कारण पर्यटकको आगमनमा केही कमी आएको कार्यालयले जनाएको छ । पर्यटकका लागि आवश्यक पर्ने सुरक्षाका साथै पर्यटकीय रुटका बारेमा समेत जानकारी गराउने गरिएकाले पाँच वर्षयता पर्यटकको सङ्ख्या बढ्दै जान थालेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पर्यटन वर्षमा थप आकषिर्त गर्न स्थानीय व्यवसायीका साथै एक्याप जोमसोमले समेत विभिन्न पदमार्ग, स्थानीय संस्कारका साथै जातीय पहिचान प्रस्तुत गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको पर्यटन व्यवसायी सकबहादुर लालचनले बताउनुभयो ।
विषेशगरी चीन, भारत, बेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरियालगाएतका मुलुकबाट पर्यटक आउने गरेका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com