कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वत का बिद्यालयहरुमा पुस्तकालय स्थापना गर्नका लागि ६ करोड आवश्यक पर्ने


पर्वत जिल्लाभरमा रहेका बिद्यालयहरुमा पुस्तकालय स्थापना गर्नका लागि ६ करोड आवश्यक पर्ने भएको छ । जिल्लाभरमा रहेका कुल ३ सय ३३ बिद्यालय मध्ये अहिलेसम्म जिल्लाका १ सय ३६ विद्यालयमा पुस्तकालय स्थापना भई संचालनमा आइसकेका छन् भने १ सय ९७ वटा विद्यालयमा अझै स्थापना गर्न बाँकी रहेका छन् ।
बाँकी रहेका बिद्यालयहरुमा सुविधा सम्पन्न पुस्तकालय स्थापनाका लागि ५ करोड ९७ लाख २१ हजार २२ रुपयु आवश्यक पर्ने पर्वतमा लाईब्रेरी बिस्तारका लागि अगुवाई गर्दै आएको संस्था मोती सामुदायिक पुस्तकालयले जनाएको छ ।
अहिलेसम्म रुम टु रिड रीड नेपाल र नेपाल लाईब्रेरी फाउन्डेशनको सहयोगमा १ सय ३६ वटा पुस्तकालयमा व्यवस्थित पुस्तकालय स्थापना भएका हुन् । आगामी पाँच वर्ष भित्रमा वाँकी रहेका विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेपनि आवश्यक बजेटको अभाव रहेको छ ।
एउटा विद्यालयमा पुस्तकालय स्थापनाका लागि २ लाख ७० हजार आवश्यक पर्छ । आवश्यक रकममध्ये रुम टु रीडवाट ६० हजार सहयोग प्राप्त हुनेछ । वाँकी रकम जिल्ला विकास समितिवाट ७० हजार गाउँ बिकास समितिवाट ५० हजार र मोती पुस्तकालयले १० हजार र विद्यालय आफैले ४७ हजार रुपैया खर्चनुपर्ने बताइएको छ । हरेक बिद्यालयका लागि आवश्यक रकमको केही भाग जिल्ला विकास समितिवाट उपलव्ध गराउन अनुरोध गरिएको मोती पुस्तकालय फलेवासले जनाएकेा छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com