सातबुँदे सहमतिबारे एमालेको निर्णय अस्पष्ट भएको भन्दैएकीकृत नेकपा माओवादीले सरकारमा नजाने पूर्वनिर्णयलाई निरन्तरता दिएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले. सहमतिबारे एमालेको निर्णय अस्पष्ट भएको तथा सहमति कार्यान्वयनका लागि एमालेले तत्परता नदेखाएको निष्कर्ष निकोलेको छ । बैठकपछि प्रवत्ता दिनानाथ शर्माले एमाले निर्णय अस्पष्ट भएको भन्दै तत्काल सरकारमा नजाने र फ्लोरबाट समर्थन गर्ने निर्णयलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
एमाले केन्द्रीय कमिटीले सातबुँदे सहमतिको पार्टी नीति अनुकुल ब्याख्या गर्दै अनुमोदन गरेको थियो । एमालेले माओवादी लडाकूहरुको छुट्टै फोर्स गठन र दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई अस्वीकार गर्दै सुरक्षा सम्वन्धी मन्त्रालय माओवादीलाई नदिने निर्णय गरेको थियो ।
माओवादी स्थायी समितिको बैठकले सचिव पोस्टबहादुर बोगटीको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुशासन विभाग गठन गरेको छ । आयोगमा अमिक शेरचन, दिनानाथ शर्मा, जयपुरी घर्ती र हस्तबहादुर केसी सदस्य रहनु भएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com