पर्वत माघ २८ । पर्वतको दुर्लुङ गाविसमा जिल्लामै पहिलो पटक आजबाट लालीगुरास महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन पुर्व सहायक मन्त्री क्षेत्र बहादुर गूरुङले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै पुर्व मन्त्री गुरुङले ग्रामिण क्षेत्रमा भएको महोत्सवले पर्यटन प्रवद्धन र ग्रामिण क्षेत्रको पहिचानमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेस पर्वतका सभापति लालकाजी गुरुङ निवर्तमान सभापति नवराज गुरुङ पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेल पर्वत उद्योग बाणिज्य सघंका अध्यक्ष होमनारायण श्रेष्ठ पर्वत पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलस्थानिय समाजसेवी टेक नारायण गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
महोत्सवमा राष्टिय्र कलाकार प्रजापति पराजुली मुना थापा यानीमाया दोहोरी साझ बागलुङका कलाकारहरुले बिभिन्न गित संगित प्रस्तुत गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम महोत्सव मुल आयोजक समितिका संयोजक प्रभु गुरुङको अध्यक्षता महेन्द्र गुरुङको स्वागत लेखनाथ पौडेल र योजना शर्माको साचालनमा सम्पन्न भएको थियो ।
आगामी फागुन २ गते सम्म साचालन हुने महोत्सवमा बिभिन्न खेलकुद जिल्ला स्तरिय लोकगित प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
आगामी फागुन २ गते सम्म साचालन हुने महोत्सवमा बिभिन्न खेलकुद जिल्ला स्तरिय लोकगित प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com