कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङ बजारमा आजबाट ट्राफिक चिन्ह अंकित बोर्डहरु राख्न शुरु


बागलुङ माघ २८ । जिल्लामा ट्राफिक उल्लंघन र दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय बागलुङ र बागलुङ नगरपालिका कार्यालयको संयुक्त पहलमा बागलुङ बजारमा आजबाट ट्राफिक चिन्ह अंकित बोर्डहरु राख्न शुरु गरिएको छ ।
ट्राफिक व्यवस्थापन सहज बनाई दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले बागलुङ बजार र आसपासका क्षेत्रमा १३ वटा आदेशमुलक बोर्ड २ वटा जानकारीमुलक र १ वटा चेतावनी मुलक बोर्ड राख्न शुरु गरिएको ट्राफिक कार्यालय बागलुङका प्रमुख खिमानन्द काफ्लेले बताउनुभयो ।
बजारका मुख्य चोक र बजार प्रबेश नाकामा आवश्यकता अनुसार राखिने बोर्डले सवारी चालक र यात्रुलाई सजग रहन सहयोग पुर् याउने काफ्लेले बताउनुभयो ।
अब बजार क्षेत्रमा प्रति घण्टा २० किलोमिटर भन्दा बढी गतिमा चलाउन पाइदैन उहाले भन्नुभयो-यदी ट्राफिक नियम बिपरित कसैले चलाएको पाइएमा नियमानुसार कारबाही गर्छौ

No comments:

Post a Comment

kushmabajar.blogspot.com