तनहुँ, २ फागुन ।
तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशित हुने सेतीमादी दैनिकले आइतबारदेखि मैनबत्ती सम्पादकीय प्रकाशित गर्न सुरु गरेको छ । दैनिक बढ्दो लोडसेडिङका कारण पत्रिका प्रकाशित गर्न कठिनाइ भएपछि विरोधस्वरुप सो अभियान थालिएको हो ।
लोडसेडिङका कारण साचारमाध्यमले भोग्नुपरेको पीडाको विरोधस्वरुप एक हप्तासम्म मैनवत्ती बालेर सम्पादकीय लेखिने पत्रिकाका सम्पादक डम्बर अधिकारीले बताउनुभयो ।
मुलुकमा पूर्णरुपमा लोडसेडिङ अन्त्य नभएसम्म सम्पादकीयको माथिल्लो भागमा मैनबत्तीको तस्विर राखेर विरोध जनाउने समेत सम्पादक अधिकारी जानकारी दिनुभयो ।
लोडसेडिङको समस्याले मोफसलका पत्रिकाका सम्पादकहरुले निकै समस्या भोग्नुपरेको छ । सेतीमादी दैनिकका कम्प्युटर अपरेटर रामकृष्ण कँुवर लोडसेडिङका कारण पत्रिकाको सेटिङमा निकै समस्या भोग्नुपरेको बताउनुहुन्छ ।
यसैगरी दमौलीबाट प्रकाशित हुने लोकवाणी दैनिकका कम्प्युटर अपरेटर कृष्ण न्यौपानेले लोडसेडिङका कारण समयमा काम नसक्दा निकै तनाब बेहोर्नुपरेको बताउनुभयो । दमौली एफएमका समाचार संयोजक प्रदीप काफ्लेले लोडसेडिङले गर्दा समाचार भन्दाभन्दै रेडियो बन्द गर्नुपरेको गुनासो पोख्नुभयो ।
लोडसेडिङका कारण हाल तनहुँमा प्रकाशित हुने चार दैनिक एक साप्ताहिक र पाँच रेडियोले समस्या खेप्दै आएको साचार संस्थाका साचालकहरुको गुनासो छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com