कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कर चुहावट नियन्त्रणका लागि कार्यन्वयन पक्ष सवाल बनाउनुपर्नेमा जोड


तनहुँ, २ फागुन ।
कर चुहावट नियन्त्रणका लागि कार्यन्वयन पक्ष सवाल बनाउनुपर्नेमा आज तनहुँमा आयोजित कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराद्वारा आयोजित कर कार्यान्वयन अभियान कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लोकराज रेग्मीले मुलुकको विकासका लागि कर प्रभावकारी रहने भएकाले करदाताले कर छल्न नहुने बताउनुभयो । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत कृष्णबहादुर बस्नेतले सरकारले कर नीति सरल पारदर्शी र झन्झटमुक्त बनाउन लागेको बताउँदै यस वर्षदेखि उठेको कर विकास क्षेत्रमा लगानी गर्न लागेको जानकारी दिनुभयो ।
व्यापारीले अझै पनि नक्कली बिल भौचर प्रयोग गरी राजस्व छल्ने गरेकाले त्यस्ता प्रवृत्तिको अन्त्य गर्न सवै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com