विराटनगरस्थित विराट हेल्थ कलेजमा नर्सिङ पढ्दै गरेकी छात्रा बिरामी भएर अस्पतालमा उपचार गराउन आएका वेला उनकै शिक्षक एवं चिकित्सकले यौन दुर्व्यवहार गरेका छन् । उनलाई सोही कलेजका शिक्षक एवं विराट नर्सिङ होममा कार्यरत डाक्टर सुदीप सिंहले दुर्व्यवहार गरेका हुन् । तल्लोपेट दुखेपछि विराटनगरकी ती छात्रा साथीहरूका साथ उपचार गराउन विराटनगरको मुनालपथ स्थित विराट नर्सिङहोममा आएकी थिइन् ।
चारजना साथी लिएर मंगलबार बिहान साढे पाँच बजे नै नर्सिङहोममा पुगेकी उनलाई एक्लै भएको मौका छोपेर डाक्टर सिंहले यौन दुर्व्यवहार गरेका थिए । अस्पतालको आकस्मिक कक्षको ड्युटीमा रहेका चिकित्सक सुदीप सिंहले जाँच गर्ने बहानामा साथीहरूलाई बाहिर निकाली गोप्य अंगहरू छाम्दै बिरामीलाई हतोत्साहित गरेका थिए । बिहानको जाँचपछि सामान्य औषधि लेखेर पुन: १० बजे अस्पतालको ड्युटीमा आएका चिकित्सक सिंहले क्याबिनमा रिफर गरिएकी छात्राका अन्य साथीहरूलाई बाहिर निकाले ।
'इमर्जेन्सीमा रहेको वेला त्यस्तो गर्यो,' पीडित छात्राले भनिन्, 'क्याबिनमा पुगेपछि पनि साथीहरूलाई बाहिर पठाएर संवेदनशील अंगमा हात पुर्यायो । प्रतिकार गर्न खोज्दा नर्सिङको विद्यार्थी भएर पनि लजाउने भन्दै जबर्जस्ती पाइन्टको बटम खोल्यो । त्यसपछि पछाडि ढाडको बटमसमेत खोल्न खोजेपछि भने मैले प्रतिकार गरेँ ।' चिकित्सकले इमर्जेन्सी कक्षमै जाँच गर्दा दुर्व्यवहार गरेको थाहा पाएपछि उनका चारजना साथीहरू क्याबिनबाट बाहिर निस्कन मानेका थिएनन् । 'हामीले बिरामीको कुरुवा बस्नुपर्छ भनेर निस्कन नमान्दा गाली गरेर निकाल्यो,' छात्रा सन्जु अधिकारीले भनिन् । पीडित छात्राले अस्पतालबाटै सो घटनाका बारेमा कलेजकी प्रिन्सिपल र अभिभावकलाई जानकारी गराएकी थिइन् । प्रिन्सिपल र अभिभावकको सल्लाहअनुसार उनले जिल्ला प्रहरी कार्यालयमा चिकित्सक सिंहविरुद्ध बुधबार उजुरी दर्ता गराएकी छिन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com