कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी अन्तिम समयमा आएर खनाल नेतृत्वको सरकारमा सहभागी नहुने


 नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरेर सबैलाई चकित पारेको एकीकृत नेकपा माओवादी अन्तिम समयमा आएर खनाल नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । गृहमन्त्रालयलाई सरकारमा सहभागीताको बटमलाईन बनाएको माओवादी र एमालेले गृहमन्त्रालयको अडान नछाडेपछि माओवादी सरकारमा सहभागी नहुने निश्कर्षमा पुगेको हो । यद्यपि माओवादीले खनाल नेतृत्वको सरकारलाई सरकार बाहिर रहेर भएपनि समर्थन भने गर्ने भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालसँग बिहान भएको वार्तामा गृहमन्त्रालयमा कुरा नमिलेपछि सहमति तोडिएको भन्दै माओवादीले सरकारमा सहभागि नहुने स्पष्ट पारेको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान भएको छलफलमा प्रधानमन्त्री खनालले गृहमन्त्रालय आफ्नो पार्टीको हुनुपर्ने र माओवादीलाई दिन नसकिने बताएपछि सहमति हुन नसकेको हो । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमालेले सहमति तोडेकाले माओवादीले सरकारमा नजाने निस्कर्ष निकालेको जानकारी दिनुभयो । ७ बुदे सहमतिमा पनि पुर्नलेखन गर्नुपर्ने सँगै एमालेले गृहमन्त्रालय दिन सक्दैनौ भनेपछि हामीले पनि त्यसो भए सरकारमा सहभागि हुन्नौ भन्यौ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । एमालेले लामो समय मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै यसअघि प्रस्तावित तीनै जनालाई आज सपथ खुवाउने निस्कर्ष निकालेपछि माओवादीले सरकारमा नजाने बताएको स्रोतले जनाएको छ । जसअनुसार प्रधानमन्त्री झलनाथ खनालले गृहमा विष्णु पौडेल अर्थमा भरतमोहन अधिकारी र शिक्षामा गंगालाल तुलाधरलाई सपथ गराउनु हुनेछ

No comments:

Post a Comment

kushmabajar.blogspot.com