नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्ड सरकार बनाउने र गिराउने खेलाडि बनेको आरोप लगाउनु भएको छ । महेन्द्र नारायण निधी प्रतिष्ठानले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा नेता पौडेलले यस्तो आरोप लगाउनु भएको हो । ‘माधवकुमार नेपालको नेतृत्वका सरकार हुँदा प्रचण्ड जीले मलाई प्रधानमन्त्री बन्नुहोस्, हामी समर्थन गछौं भन्नु भएको थियो’ उहाँले भन्नुभयो-’मैले अस्वीकार गरेपछि उहाँ झलनाथ खनालतिर जानु भएको हो ।’
नेता पौडेलले एमालेले अहिले भ्रम र जालझेलको राजनीति गरिरहेको आरोप लगाउनु भयो । माओवादीसँग भएको सातबुँदे सहमतिको समर्थन पनि नगर्ने र अस्वीकार पनि गर्न नसक्ने एमालेको कदम, भ्रम र जालझेलको राजनीति भएको उहाँको भनाई छ ।
राजनीतिक दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै उहाँले माओवादी लडाकू र हतियारको व्यवसथापन नभएसम्म नयाँ संविधान बन्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो-माओवादी शिविर खाली गरी लडाकूहरुको व्यवस्थापन नगरेसम्म नयाँ संविधान बन्न सक्दैन ।’ कांग्रेसले वर्ग विशेषको शासन स्वीकार गर्न नसक्ने भन्दै नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यतामा सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले एमाले र माओवादीबीच भएको सातबुँदे सहमति शान्ति र संविधानका लागि भएको जिकिर गर्नुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com