राष्ट्र र जनताको हितका लागि आफ्नो प्राणको आहुति दिने व्यक्तिलाई सहिद भनिन्छ भन्ने सबैलाई थाहा छ । तर, पछिल्लो समय नेपालमा सहिद जस्तो सम्मान जनक पदावलीलाई निकै सस्तो बनाईदै लगिएको छ । आफ्नो जीवनलाई राष्ट्र वा राष्ट्रिय संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निमित्त बलिदान गर्नेहरुलाई सहिद मानिने भए पनि पछिल्लो सयम नेपालमा यस्ता सहिद नभई दुर्घटना, अपराधिक घटना,द्वन्दमा मारिएका व्यक्तिलाई पनि सहिद घोषणा गरेर असली सहिदको अपमान गरिएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्दमा मारिएका झण्र्ड आठ हाजार सहिद घोषणा गरियो । जनयुद्धकालमा मारिएका आफ्ना कार्यकर्तालाइ सहिद घोषणा गरेपछि कांग्रेस,एमाले, मधेशवादी दलहरुले सहिद घोषणा पूर्वाग्रही रुपमा भएको भन्दै यसको विरोध गरे, तर ती विरोधहरु बेतुकका सावित भए । २२ दलको माधव कुमार नेपाल सरकारले जनयुद्धकालमा मारिएका सैनिक, प्रहरी र अन्य राजनीतिक दलका कार्यकर्तासहित झण्डै चार हजार जतिलाई सहिदको दर्जा दियो । सरकारका यी यस्तै गद्धारी कामले गर्दा नेपालका लागि प्राणको आहुति दिने असली सहिदको अपमान त भएको छ नै सहिदलाई सस्तो समेत बनाईएको छ ।
प्रत्येक वर्ष सहिद दिवस आउँछ । सरकारले माघ १६ लाई सहिद दिवसका रुपमा मान्दै यस दिनलाई सार्वजनिक विदा समेत दिने गरेको छ । यस वर्ष पनि सदा झै सहिद दिवस आयो । सरकारले सहिद दिवस वा सहिद सप्ताह माघ १०¬ देखि १६ सम्म औपचारिक रुपमा मनायो । तर, सहितको लागि भने कुनै सम्मान दिन सकेन सरकारले । यो औपचारिकताले मात्रै कदापी पनि सहित सप्ताहको सार्थकता हासिल हुन सक्दैन । हार्दिक मनको उपस्थिततिले मात्रै पुनित कार्य सम्पन्न हुन सक्छ । सहिदको अमरत्वले अहिलेसम्म अलिकति पनि सान्त्वना पाउन नसकिरहेको बेला सरकारले औपचारिकता निभावउने बाहेक कुनै त्यस्तै नौलो काम गर्न सकेको छैन । सहिदको मूल्य र महत्वलाई सरकार अनि नेपाली नागरिकहरुले अझै पनि महसुस गर्न र बुझ्न सकिरहेका छैनन् । सहिदको योगदानलाई मुल्याङकन गर्न समेत सरकारले कुनै चासो देखाउने चेष्टा पनि गरेको छैन । बरु उल्टै सरकार त विश्वको रेकर्डमा सबैभन्दा बढी सहिद भएको देश बनाउन तल्लीन भएको छ । सायदै यस्तो देश कुनै छैन होला ? नेपालका कति सहिद छन् भनेर कसैले सोधेमा उत्तर कसैले दिन सक्ने अवस्था छैन कारण दैनिक सहिदको संख्यामा बृद्धि भईरहन्छ ।
यतिबेला नेपालमा सबैभन्दा सस्तो दुई वटा कुरा भएको छ । सहिदको सम्मान र राज्यको ढकुटीबाट दिईने दश लाख रुपियाको क्षतिपूर्ति । सडकमा कोही मान्छे ड्राईभरको लापरवाहीले किचेर मर्यो भने पनि तुरुन्तै सडक जाम गरेर सहिद घोषणाका लागि आन्दोलन गर्ने सँस्कृतिको विकास भएको छ । आन्दोलनकारीले मरेको व्यक्तिलाई सहिद घोषणा गरेर दश लाख रुपिया क्षतिपूर्ति दिन सरकारलाई दबाव दिने कुसँस्कृतिको विकास भएको छ । ‘विभिन्न दुर्घटनामा परेर मर्नेलाई पनि सहिदको मान्यता दिई क्षतिपूर्तिको माग गर्दै दबाव दिन यातायात बन्द र जुलुस गर्ने काम हुँदै आएका छन् । कतिपय यस्ता प्रश्नमा सरकार पनि झुकेर गलत प्रक्रियालाई प्रोत्साहित गरेको देखिएको छ, दुर्घटनमा परेर मरेको मान्छेलाई संसारका कहिँ पनि सहिद मान्ने चलन छैन’ लेखक मोदनाथ प्रश्रित भन्छन् ‘त्यस्ता कुरामा पनि हठ गरेर सहिद घोषणाको माग गर्ने र सरकार झुकेर पूरा गर्ने दवै प्रर्वत्ति गलत हुन् ।’ प्रश्रितले गाडी पल्टेर वा दुर्घटनामा परेर मरेकालाई सहिद घोषणा गर्नु अराजतकतालाई प्रोत्साहन गरेको मानिने भन्दै सच्चा सहिदहरुप्रति ठूलो अपमान भएको बताए । त्यसो त सच्चा सहिदले क्षतिपूर्ति पाउनैपर्छ । मानिस मरेरै सहिद हुन्छन् । तर, मर्ने हरेक मानिस सहिद हुन सक्दैनन् । देश र जनताको प्रगती र भलाईको लागि आजाव उठाउँदा संघर्ष गर्दा मर्नेलाई मात्र राज्यले सहिदको कोटीमा राख्नुपर्छ, मरिन्छ भन्ने थाहा हुँदा हुँदै पनि आफ्नो जीवनको वलिदान दिन समेत तयार हुने व्यक्ति नै सहिद कहलिन्छ । जो व्यक्ति संघर्षको क्रममा मर्छन् ती नै वास्ताविक अर्थमा सहिद हुन् । देश र समाजको हितमा प्रयत्न वा संघर्ष अवस्थामा सचेत बलिदान नै सहादत हो । सहिद हुनका लागि मुख्यतः विभिन्न तीनवटा पक्षको हुनैपर्छ । समुदायको हित र उन्नतिको खातिर सक्रियता वा समर्पण, गतिविधि वा संघर्षमा उद्देश्यमुलक सहभागीतामा सचेत मृत्यु । यी सबै कुराले भरपूर भएको व्यक्ति नै सहिदको दर्जामा जान्छ ।
नेपाका प्रथम सहिद लखन थापामागरले त्यसै आफ्नो ज्यान अर्पेका थिएनन् । सामान्ति निरंकुशतन्त्रबाट नेपाली समाजको मुक्तिका लागि सक्रिय भएर नै उनी मरे । त्यस्तै गंगालाल, शुक्रराज, धर्मभक्त अनि दशरथ चन्दहरु पनि राणाकै निरंकुशतन्त्रको विरोध गर्दा मारिए । उनीहरुलाई राणा शासकविरुद्ध आवाज उठाउँदा संघर्ष गर्दा जेल पर्न र मर्न सकिन्छ भन्ने हेक्का थियो । तर, उनीहरुले त्यसो गर्न अनकनाएनन् । उनीहरुले क्षमा मागेर मृत्युबाट मुक्ति पाउन सक्थे । तर मागेनन् । न्यायकको पक्षमा सामाजिक हितका लागि उनीहरुको अडान कायम थियो । त्यसैले त उनीहरु देशका लागि सहिद कहलिए । उनीहरु नै वास्ताविक अर्थमा सहिद हुन् । उनीहरुजस्तै सामाजिक हित वा रुपान्तरको लागि सचेत रुपमा जीवनको आहुति दिने सबै मानिस सहिद हुन् । तर पछिल्लो सयमा सहिदको धज्जी उडाईएको छ । ‘भर्खरै सहिद सप्ताह सकिएको छ, तर सहिदहरुको अपमान गर्ने काम सकिएको छैन । बरु नेपालको राजनीतिक साँस्कृति नै सहिदको अपमान गर्ने दिशातिर दौडिरहेको छ ।
सहिदहरु अहिले शालिक, शव्द र तस्वीरमा सिमित भएका छन्’ स्तम्भकार एवं साहित्यकार गोविन्द बर्तमान भन्छन्‘सहिदका सपना, आस्था र आदर्शहरुलाई सम्मान गर्ने स्तरको राजनीतिक सँस्कृतिको विकास हुन नसकेकोले जनताले परिवर्तनको अनुभुति गर्न सकेका छैनन् । नेताहरुले देशको शासन व्यवस्था राम्ररी चलाउन सकेनन् । समयमै संविधान निर्माण गर्नुपर्ने हो । तर, गरेनन् थपेको समय पनि व्यर्थै फाले नेताहरुले फेरी जनतालाई ढाँटेर सहिदको समेत अपमान गर्दैछन् ।’उनले सहिद सप्ताह मनाई रहँदा सहिदका आस्था सपना र आर्दशको अपमान गर्ने काम दलका गरिहरको भन्दै नेताहरुले यस्ता गलत प्रवृत्तिलाई त्यागेर सहिदको सपना पूरा गर्ने मार्गमा बढ्नुपर्ने बताए । कसलाई सहिद भन्ने ? सरकारले अझै स्पष्ट अवधारणा वा परिभाषा बनाउन सकेको छैन । समाजमा स्थापित नहुनाले र सरकारले पनि अघि नसारेकोले सहिद शव्द नेपालमा ज्यादै सस्तो विषय हुन थालेको छ । परिणामस्वरुप कसैलाई सहिद भन्दा सर्वसाधारणमा जुन सम्मान , कृतज्ञता र गौरबोध हुनुपर्ने हो, त्यो अनुभूति नै नहुने स्थिती पैदा भएको छ । तर, सहिद हुन त्यति सजिलो छैन, यो त्यस्तो मुल्यहीन शव्दावली पनि होइन । सहिदको नामाकरण त समाजको हितको खातिर व्यक्तिद्धारा गरिएको सचेत वलिदाननका निम्ति मरणोपरान्त बलिदान दिने व्यक्तिलाई समाजले गर्ने एउटा ठूलो सम्मान हो । ‘तिमी हाम्रो हितका खातिर जानी जानी मर्यौं त्यसैले हामी तिम्रो औधि सम्मान र स्मरण गर्छौ’ भन्ने सामाजिक कृतज्ञताभाव सहित शब्दमा अन्तरतिहित हुन्छ । मृत्युको घटनाको सन्दर्भ र पृष्ठभूमि विचार नगरिकन एकदिन वा केही दिन कसैले चक्काजामा वा हड्ताल गर्नासाथ मर्ने वा मारिने जोसुकैलाई पनि सहिदको नामाकरण गर्नु र त्यस्को कार्य राज्य स्वंयले गर्नु सहिद शब्द स्वंयको घोर अपमान र अबमूल्यन भएको जनआन्दोलन घाईते समन्वय समिति कास्कीकी अध्यक्ष पार्वति पौडेलको भनाई छ । ‘सहिद कसलाई भन्ने हो यो बुझ्न जरुरी छ,गाडिले किचेर मारेको मान्छे सहिदको कोटीमा पर्छकी पर्दैन ?’ अध्यक्ष पौडेल भन्छिन्‘अहिले त आफ्नो पार्टीको मात्र पनि सहिद भएको छ, यसले गर्दा सहिदको घोर अपमान भएको छ । ’उनले प्रत्येक वर्षको माघ १६ गते सहिदका तस्वीरमा फूलमाला लगाईदिएर मात्रै सहिदको सम्मान हुन नसक्ने भन्दै सहिदको सपना पूरा गर्न सरकारले उनीहरुले देखाएको बाटोमा हिड्न आग्रह गरिन् । त्यसो त सहिदका बारेमा नेपाली नागरिकहरु पनि पछिल्लो समय विवकेशुन्य भएका छन् । जस्तासुकै व्यक्तिलाई सहिदको दर्जा दिँदा पनि उनीहरु चुप लागेर बसेका छन् ।
गएको केही वर्षमा मात्रै थुप्रै मानिस अकारण सहिदको सम्मानबाट सम्मानित भईसके । सहिद शब्दकै मुल्यमान्यतालाई विर्सेर नेपाल सरकारले नेपालको बेईज्जती गरेको विश्लेषहरुको भनाई छ । सहिद घोषणा गर्न किन माग गर्छन् ?जोसुकैलाई पनि सहिद घोषणा गर्न माग गर्नुको पछाडी एउटा सामान्य मनोविज्ञानले प्रभाव पारेका छ । त्यो मनोविज्ञान हो सहिद घोषणा हुनसाथ सकारबाट सजिलै दश लाख वा केही लाख रुपैंया पाईनु । त्यति मात्रै हैन, राष्ट्रिय सम्मान पाईन्छ भन्ने लाभले पनि ठूलो भूमिका खेलेको छ । यो मूलत सहज आर्थिक लाभको मनोविज्ञान हो । मान्छेको जीवनको मुल्य केही लाख रुपैंया हुन सक्दैन । यो आफै अमूल्य कुरा हो । तर, जिन्दगीभरी काम गर्दा पनि एक लाख देख्न नपाएको अवस्थामा मरेको मन्छोलाई सहिद घोषणा गर्नसाथ सरकारले सजिलै दश लाख रुपैंया खनखन्ती गनेर दिएको देखेपछि लोभीपापिलाई मृत्युको आपाराधिक खेल खेल्ने रहर लागेको हो भन्छन् विश्लेषहरु ।
राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर सहिदको नाममा नाफाको खेती गर्नेहरु देश र जनताको लागि जीउ ज्यान उत्सर्ग गर्ने सहिदहरुको अपमान गर्ने काम गरेको बताउँछन् । ‘सहिद घोषा गर्ने वित्तिकै सरकारले दश लाख दिने गलत काम गरेको छ, यसले गर्दा पनि केही भएर मर्ने वित्तिकै दश लाख पाउने आशामा सहिद घोषणा गर्नुपर्ने माग गर्नेहरु बढेका छन्’उनी भन्छन्‘अझ पछिल्लो समय त राजनीतिक दल पिच्छे सहिद बनेका छन्, यसले सहिदको कोटीलाई ठूलो अपमान र मर्माहत बनाएको छ ।’अहिलेको परिपेक्ष्यमा अर्को मनोविज्ञान हो सरकार कमजोर छ । त्यसैले यसलाई यतिबेला जे गरे पनि हुन्छ । सहिद घोषणाको माग गर्दा सकभर दोहोरो फाईदा हुन्छ । नभए पनि दण्डित होइन्न क्यारे भन्ने मनोविज्ञान । यो दण्डहिनता वा राज्यहीनताले पैदा गरेको मनोविज्ञान हो । यी दुवै मनोविज्ञानको योगबाट हिजोआज जताततै सहिद घोषणाको लर्को चलेको छ । एउटा खास पार्टीको युवा संगठनको मान्छेलाई अर्को पार्टीको युवा संगठनको मासिनले गुण्डागर्दी गरेर मारे पनि उ सहिद कहलिएको छ । राजमार्गमा मादक पदार्थ खाएर एउटा बसले किचेर मारे पनि उ सहि दबनेको छ । अनि जनयुद्धमा मारिएका अनि तराई आन्दोलनमा मारिएका व्यक्ति पनि सहिदको कोटीमा परेका छन् । यसले गर्दा नेपालमा पार्टीपिच्छे सहिद त बनेका छन् नै विश्वमै सबैभन्दा बढी सहिद भएको देश कहलिएको बताउँछन् विश्लेष सुरेन्द्र थापामगर ।
‘अहिले संख्यात्मक दृष्टीले सहिदहरु बृद्धि भएका छन्,’उनी भन्छन्‘यसरी जो कसैलाई सहिद बनाउँदा नेपाल विश्वमै सबैभन्दा बढी सहिद भएको देश कहलीएको छ ।’अब के गर्ने त ?देशमा यही दरमा सहिद घोषणा हुँदै जाने हो भने सहिदहरुको देश भनेर चिनिने छ नेपाल । त्यसैले सरकारले आफ्नो संयन्त्र प्रयोग गरेर कुनै पनि सहिद घोषणाको मागमा मृत्युका सन्दर्भ र पृष्ठभूमि राम्रारी केलाउन थाल्नुपर्छ । अनि सहिद घोाणा गरिना साथ दश लाख रकम दिने कामलाई निरुत्साहित गर्नुपर्छ । सहिद घोषणा गर्नुपर्छ भन्दै अनुचित माग गर्नेहरुलाई कठोरतापूर्वक दण्ड दिने र संचार माध्यमले सहि कुराको पर्दाफास गर्न थाल्नासाथ नराम्रा मनोविज्ञानमा फेरबदल आउन सुरु हुनेछ । त्यस्तै गृह मन्त्रालयै वास्ताविक सहिद हुन लायक को हो भनेर खोजेमा सहिद घोषणा गर्नुपर्छ भन्नेहरु स्वतः घट्नेछन् । त्यति मात्रै हैन सहिद घोषणा गर्नुपर्छ भन्नेहरुलाई सिधै पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ । तर सकारको नेत्तृत्वमा बस्नेहरु संक्रमणकाल हो भन्दै कुनै पनि समस्याको जरोमा पुगेर समाधान गर्ने र कुनै पनि कुराको सही प्रणाली स्थापित गर्ने ईच्छाशक्ति देखाएका छैनन ।उनीहरु हरेक समस्याका टालटुले र कामचलाउन समाधानका मात्रा तल्लीन देखिएका छन् ।
कतिपय घटना त हिजोआज सत्तारुढ दलका भातृसंगठनहरु आफै अनुचित ढंगले सहिद घोषणको मागमा अग्रसर भएरका लागेका छन् । हिजोआज सहिद घोषणको माग राखेर सडक अवरुद्ध भएको समाचार आउन साथ माथीबाट आन्दोलनकारीसित वार्ता गर्नु र सहिद घोषणा गरिदिनु पैसाको कहमा चाहिँ सकेसम्म दशलाख रुपियाभन्दा कममा पुरा मिलाउन खोज्नु भन्ने आदेश आउँछन् । स्थानीय राज्य भनिने प्रहरी र प्रशासनयन्त्रामा बस्नेहरुमा अचेल परिणाम जे भए पनि दुःख नउठाउने , जोखिक नमोल्ने र लतो छोडिदिने मानसिकता यत्रतत्र हावी छ । राज्यको निरिहीता र दण्डहिनता यसैबाट जन्मीएको परिणाम मात्रै हो । नतिजा के भएको छ भने सहिद घोषणाजस्तो अत्यन्त गम्भीर ऐतिहासिक सम्मान जो सकुैले पनि अकारण हासिल गर्न सक्ने ज्यादै सस्तो पगरी भएको छ र यो हरेक खाले मृत्युमा सहज ढंगले पैसा आर्जन गर्ने नाफादायक व्यापार बन्दैछ । सहिद शव्दको यो अपमान र राज्यकोषमा यो खुलेआम ब्रह्मलुट कहिलेसम्म चलाउने र चलाउन दिने ? यसमा सोच्न आवश्यक रहेको विश्लेषक
No comments:
Post a Comment
kushmabajar.blogspot.com