व्यास ११ का ऋषिराम भुषालको नेतृत्वमा आएको एउटा समूहले एमाले तनहुँका जिल्लासचिव विद्या ढकालमाथि आक्रमण गरी कुटपिट गरेको छ । पार्टी कार्यालयमै बसेका सचिव ढकालमाथि उक्त समूहले आक्रमण गरेको एमाले तनहुँले जनाएको छ ।
यसअघि माघ २२ गते पनि उक्त समूहले एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ र व्यास नगर कमिटीका सभापति प्रदीप अधिकारीमाथि दुव्र्यवहार गरेको थियो ।
आक्रमणको घटनाको निन्दा र भत्र्सना गर्दै एमालेले सोमबार नै एक विज्ञप्ति प्रकाशित गरेको छ । भुसाल नेतृत्वको युवा सङ्घलाई मान्यता नदिएपछि उनी श्रृङ्खलाबद्ध आक्रमणमा उत्रिएको एमालेले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com