कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अधिबेशनका क्रममा भएको घटना प्रति प्रेस युनियन बागलुङले गम्भिर ध्यानाकर्षण

 नेपाल पत्रकार महासघं बागलुङको चौथो अधिबेशनका क्रममा भएको घटना प्रति प्रेस युनियन बागलुङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका सचिव सुवास कंडेलले आज एक बिज्ञप्ती प्रकाशित गरी अधिबेशनका क्रममा आफ्ना संगठनका अध्यक्ष पार्षदसल्लाहकार र सदस्य माथी भएको दुव्र्यवहार प्रति भत्स्रना गर्दै जर्बजस्ती घोषणा गरिएको निर्वाचन आफुहरुका लागि मान्य नहुने जनाएका छन् ।
बिज्ञप्तीमा निर्वाचन तालिका परिवर्तन गर्न गरेको माग सुनुवाई नगरेको निर्वाचनमा भाग लिन उम्मेदवारीको अवसरबाट बिाचत गरेको प्रहरीलाई ढोका बाहिर राखेर सदस्यलाई थुनी जर्बजस्ती प्रतिवेदन पास गरेर बाम एकतामा नाममा षड्यन्त्र गरेको उल्लेख छ ।
यसैगरी प्रेस युनियन सम्बद्ध तिन पत्रकारलाई महासंघको सदस्यतामा कारवाही गर्ने प्रकि्रया अगाडि बढाएको भन्ने सन्चार माध्यममा प्रकाशित समाचारले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका अध्यक्ष दिलिप पौडेलले आज अर्को एक बिज्ञप्ती प्रकाशित गरी अधिबेशनको बन्द सत्रबाट महासंघका अध्यक्ष हरिनारायण गौतमले सनकको भरमा पदाधिकारी बीच कुनै सल्लाह नै नगरी बन्द सत्रमा प्रकट कुमार शिशिर नरेश कंडेल र सुवास कँडेललाइ कारवाही गर्ने प्रस्तावल्याई पारित गरेको प्रति आपत्ति जनाएका छन् ।
युनियनले आफ्ना संगठनमा आवद्ध पत्रकार महासंघका सवै सदस्यलाई कारवाही गरेर देखाउन समेत चुनौती दिएको छ ।
यसैबिच महासघंका साधारण सदस्य किरण आर्चायले अधिबेशनको निर्वाचनका क्रममा आफुलाई उम्मेदवारी फिर्ता लिन महासघंकै पदाधिकारीले दबाब दिएको बताएका छन् ।
आज एक बिज्ञप्ती प्रकाशित गरी महासघंका निवर्तमान अध्यक्ष हरिनारायण गौतम र सचिव मुकेशचन्द्र राजभण्डारीले उम्मेदवारी फिर्ता नलिए कडा कारबाही गर्ने धम्की दिएको उल्लेख गर्दै पुनः निर्वाचनको माग पनि गरेका छन् ।
यसैवीच नेपाल पत्रकार महासंघ बागलुङ शाखाको चौथो अधिवेसनलाई जोडेर प्रेस युनियन बागलुङले जारी गरेको प्रेस बिज्ञप्ती प्रति बिभिन्न सघं संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रेस चौतारी क्रान्तिकारी पत्रकार सघं प्रगतिशिल पत्रकार सघं लगायत पाँच संगठनले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रेस युनियनले पत्रकारहरुको छाता संगठनको गरिमा र ओझ माथिनै प्रश्न चिन्ह् खडा हुने गरी भ्रमात्मक कपोलकल्पित र झुट कुराहरुलाई समावेश गरेर आम जनसमुदाय र प्रेस जगतलाई भ्रमित पार्न खोजेको बताएको छ ।
शाखाको चौथो अभिवेसनको उद्घाटन शत्र देखि बन्द सत्र सम्मका सम्पूर्ण प्रजातान्त्रीक बिधि र पद्धतीहरुमा सहभागि भएर सचिव र कोषाध्यक्षका प्रतिबेदन उपर प्रेस युनियन लगायतका बन्दसत्रका सबै सहभागिहरुले प्रजातान्त्रीक ढङ्गले छलफलमा भाग लिई बिभिन्न सुझाव र बिचारहरु राखेको विज्ञप्तीमा उल्लेख छ ।
युनियनका पार्षद सल्लाहकार तथा सदस्यहरुमाथि बन्दसत्रमा हातपात भएको भन्ने जस्ता अत्यन्तै झुट र भ्रमात्मक कुराहरु बाहिर ल्याएर जनताका आँखामा छारो हाल्न खोजिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रेस युनियन जस्तो जिम्मेवार संगठनबाट सार्वजनिक गरिएको यस प्रकारको झुटले प्रेस युनियनको इमान्दारितालाईनै धुलोमा मिलाएको छ ।ु विज्ञप्तीमा भनिएको छ ुआफैले माग गरेको समय सिमा भित्र पनि मनोनयन दर्ता नगरी आफ्नो पराजयलाई ढाकछोप गर्नका लागि निर्वाचन बहिस्कारका नाममा निर्वाचन स्थलबाट बाहिरिएर अनावश्यक भ्रमपूर्ण बक्तव्यबाजी गर्नु र आफु नियन्त्रित संचारमाध्यम मार्फत झुट समाचार सम्प्रेषण गर्नुले प्रेस युनियनको बेईमानीपूणर्ं राजनीतिको पर्दाफास भएको छ ।ु
आफुले जिते ठिक र अरुले जिते गलत भन्ने सर्वसत्ताबादी सोँचलाई त्यागेर प्रजातान्त्रीक बिधिको निर्णयलाई स्वीकार गर्दै बर्तमान कार्यसमितिलाई सहयोग गर्न समेत बिज्ञप्ती मार्फत युनियनलाई आग्रह गरिएको छ ।
त्यस्तै आफुलाई स्वतन्त्र पत्रकार बताउने किरण आचार्यले आफुखुसी उम्मेदवार फिर्ता लिएर युनियनकै भाषा र शैलीमा बिज्ञप्ती निकाली पानी माथिको ओभानो बन्न खोजेर स्वतन्त्र पत्रकारको खिल्ली उडाएको समेत बिज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com