कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बाग्लुङ बसपार्कको एक होटलबाट सञ्चालिकासहित एक जोडी पक्राउ

प्रहरीले पोखरास्थित बाग्लुङ बसपार्कको एक होटलबाट सञ्चालिकासहित आपत्तिजनक अवस्थामा रहेका एक जोडी पक्राउ गरेको छ । नविन एण्ड गेष्ट हाउस रेष्टुरेण्टबाट कालिका- ३ बस्ने वर्ष २७ को दिपेन्द्र गौतम, स्याङजा घर भइ होटलमा बस्ने वर्ष १८ की एक युवती र होटल सञ्चालिका २७ वर्षिया निर्मला केसीलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आपत्तिजनक अवस्था फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर बस्नेतले बताए 

No comments:

Post a Comment

kushmabajar.blogspot.com