कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्यु


खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्युभएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दमौली मालपोत लाइन निवासी दिलबहादुर सापकोटा, उनकी श्रीमती र व्यास-१०, देउरालीनगर निवासी टीकाराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा टीकाराम श्रेष्ठकी श्रीमती पार्वती श्रेष्ठ रहेकी छन् । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । व्यास-१० मालपोत लाइन निवासी २३ वर्षीय देविङ राना मगरले उनीहरुमाथि खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट टाउँकोमा चोट लागेको श्रेष्ठ दम्पत्तिमध्ये श्रीमान्को उपचारको क्रममा मृत्यु भएको हो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com