कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नेपाली नागरिकलाई आतंकवादी आरोप लागाउँदै जेल चलान


 कम्बोडियामा नेपाली नागरिकलाई आतंकवादी आरोप लागाउँदै जेल चलान गरिएको छ । आतंकवादीको आरोपमा जेलपरेका नेपाली नागरिकमा ४४ वर्षिय डीपी पौडेल रहेको दुतावासले जानकारी दिएको छ ।
अमेरिकी, अस्ट्रेलियाली र बेलायती दूतावासमा आक्रमण गर्न धम्की दिने पत्रमा हस्ताक्षर गरेको आरोपमा गत वर्ष अप्रिलमा तीनैजना पक्राउ परेका थिए । उनीहरू अल कायदाका सदस्य भएको आरोप लगाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरे प्रमाण निर्दोष भएको प्रमाण पुर्याउन सकेका थिएनन् ।
कम्बोडियाको न्होमपेन्हस्थित अदालतले दुई बंगलादेशीसँगै पौडेललाई आतंकवादी आरोपमा दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय सुनाएको छ ।
बंगलादेशी नागरिकहरू ४२ वर्षीय रफिकुल एस्लामी तथा ६२ वर्षीय मिया मुहम्मद हुमायु कविरले पनि उक्त सजाय पाएका छन् । न्यायाधीश सिन विसालले भने उनीहरूले पठाएको पत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षामा खतरा र आतंकवादविरुद्ध षड्यन्त्र पुष्टि भएको बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com