पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पाल्पाको अर्गली गाविसस्थित कुँडापानीमा ट्याक्टर दुर्घटनाहुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देही मणिग्राम ४ का २५ वर्षीय युवराज पाण्डे र मणिग्राम ८ करहियाका ३२ वर्षीय भीमलाल भण्डारी रहेको प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बुटवलबाट गुल्मीको जोहाङतर्फ जाँदै गरेको लु १ त ९९३६ नम्बरको ट्याक्टर अर्गलीको कुडापानीमा दुर्घट्ना भएको थियो।
पाण्डे र भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले वताएको छ । वाटो चिप्लो भएको कारण ट्याक्टर चिप्लीएर पल्टिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घट्नामा परि मणिग्राम ४ का ट्याक्टर चालक ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँकै सहचालक २२ वर्षीय प्रकाश नेपाली घाइते भएका छन्। उनीहरुको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com