पोखरा-१७ महतगौंडाका डिल्लीराम भण्डारीले नेपाल खानेपानी संस्थान पोखरा शाखाले जडान गरेको खानेपानीको मिटर फुकालेर घरको आँटीको एक कुनामा थन्काएका छन् ।
दुई महिनामा एकचोटी पनि धारामा पानी नआएपछि उनले मिटर निकालेका हुन् । पानी खान नपाएपनि उनले खानेपानी कार्यालयलाई मासिक न्यूनतम् महशुल रु.५० भने तिर्दै आएका छन् ।
महतगौंडाकै चन्द्रकान्त भण्डारीको धारा पनि मिटर छैन । उनले पनि धारामा पानी नआएपछि मिटर झिकेर घरको कुनामा मिल्काएका छन् ।
वयासी वर्षीय वयोवृद्ध चन्द्रकान्तले त दुई वर्ष जति भयो पानीको महशुल पनि तिरेका छैनन् । 'महशुल माग्न आउनेलाई लौरेले हिर्काउँछु' भन्दै उनी आक्रोश पोख्छन् ।
सो ठाउँमा बस्ने ऋषिराम भण्डारी लगायत ५० घरधनीहरूको धारामा मिटर छैन तर नियमित रूपमा पानीको महशुल भने तिरीरहेका छन् ।
धारामा पानी नआएपछि खोलाबाट गाग्रीमा पानी बोकेर खान बाध्य भएका महत गौंडावासीहरूलाई भने नजिकमा सिर्जना बोरिङले पानी वितरण गरेपछि अहिले भने केही राहत भएको छ । धरौटी रु. १२ हजार राखी मासिक रु.२५० तिरेपछि उनीहरूले नियमितरूपमा पानी पाइरहेका छन् ।
बसाई सराईसँगै नगर क्षेत्रमा बढदो जनघनत्वका कारण पोखरेली जनताले खानेपानीको अभावबाट दुःख पाइरहेका छन् । नगर क्षेत्रका अन्य ठाउँमा पनि धारामा पानी नआउँदा बोरिङको पानी चर्को मूल्य तिरेर खान बाध्य छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com