एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग एमाले अध्यक्ष झलनाथ खनालले गरेको सात बुँदे सहमति पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले स्वीकार नगर्ने भएका छन् । सात बुँदे सहमतिलाई कार्यान्वयन गर्न माओवादीले चर्को दबाब दिइरहेका बेला नेपालरओली समूह त्यसको विपक्षमा उभिएका छन् ।
सहमतिका विषयमा साझा धारणा तय गर्न नेपालरओली समर्थित केन्द्रिय सदस्यहरुले आइतबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा गोप्य भेला गरेका छन् । नेपालरओली पक्ष माओवादीलाई सुरक्षासम्बन्धी मन्त्रालय दिन नहुने पक्षमा अडिग रहने निष्कर्षमा पुगेका छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री खनाललाई माओवादीसँग नझुक्न आग्रह गर्ने भेलामा सहभागी एक नेताले बताए । सातबुँदे सहमतिको प्रक्रिया र विधि दुवै गलत भएको निष्कर्षभेलाले निकालेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com