काठमाडौं सम्पर्क मञ्चको अधिवेशनमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पक्षधर कार्यकर्ताले अर्का नेता केपी ओली पक्षधर कार्यकर्तालाई कुटपिट गरेका छन्। मञ्चको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका रविन्द्र भट्टराईले फिर्ता लिन नमानेपछि खनाल पक्षधरले उनीसहित लोचन भट्टराई, केदार पौडेललगायतलाई हात हालेका थिए। कुटिने एमाले कार्यकर्ता स्थानीय तहमा सभामुख सुवासचन्द्र नेम्वाङनिकट छन्।
आफूलाई इलाम जिल्ला कमिटीका सदस्य उदय राई, तुलसी बस्नेत, नरेन्द्र गुरुङ, सञ्जीव राई, यम गुरुङ लगायतले कुटपीट गरेको लोचन भट्टराईले जानकारी दिए । घट्टेकुलोस्थित सामुदायिक भवनको हलमा भएको बन्दसत्रमा बिहान ११ बजेदेखि गरिएको सहमतिको प्रयास विफल भएपछि भट्टराईले उम्मेदवारी दिएका थिए। निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै निर्वाचन मण्डललाई पत्र दिन जान लाग्दा राति पौने ८ बजेतिर आफूलाई कुटपिट गरिएको भट्टराईले बताए। कुटपिटका क्रममा आफ्नो मोबाइलसमेत खोसिएको दाबी उनले गरेका छन्। निर्वाचनमण्डलको अध्यक्ष रुद्र नेपाल थिए भने कार्यक्रममा प्रधानमन्त्री खनालका भाइ दातारामसमेत थिए।
No comments:
Post a Comment
kushmabajar.blogspot.com