नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियाको पूर्णताको निम्ति माओवादीलाई कुनैपनि हालतमा गृह मन्त्रालय दिन नहुने बताउनु भएको छ । पार्टीले गृह मन्त्रिमा विष्णु पौडेल र शिक्षा मन्त्रिमा गंगालाल तुलाधरलाई सिफारीस गरिसकेको भन्दै उहाँले पार्टीको निर्णय कार्यान्वयन गर्न आफूले पटक-पटक प्रधानमन्त्रिलाई दबाब दिएको बताउनुभयो ।
एमाले निकट मजदुर संगठन जिफन्ट धादिङको जिल्ला अधिवेशन आज धादिङको धार्केमा उद्घाटन गर्दै ओलीले प्रधानमन्त्रि खनाललाई माओवादी संग नझुक्न आग्रह गर्नुभयो । दिल्लिमा जंगल नभएकाले माओवादी जंगल नजाने र राजसंस्था सामन्ती भएकाले राजसंस्था फेरी नफर्कने उहाँको भनाई छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com