कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

भकुण्डे गाविसलाई नै खुल्ला दिशामुक्त क्षेत्र घाषणा गर्ने अभियान


बागलुङ जिल्लाको पर्यटकीय क्षेत्र भकुण्डे गाविसलाई नै खुल्ला दिशामुक्त क्षेत्र घाषणा गर्ने अभियान शुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सामुदायीक विकास परियोजना भकुण्डे गाउँ विकास समितिको सहयोगमा भकुण्डेका सबै घरहरुमा शौचालय निर्माण भएपछि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।
सोही अभियान अन्तरगत फागुन २० गते भव्य रुपमा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भकुण्डे गाविसले जनाएको छ । दिशाबाट सबैभन्दा बढी रोगहरुको विकास हुने भएकाले दिशालाई उपयुक्त ठाउँमा विस्रजन गर्नुपर्छ भन्ने धारणा जगाउनका लागि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com