कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

घर वरिपरीकै करेसाबारीमा विभिन्न किसीमका तरकारीहरु


 देविस्थान गाविस-८ फलेवासकी ६३ बर्षिया मायाकुमारी भुषाल कतिखेरै फुस्रदिली हुनुहुन्न । बिहान उठेदेखि बेलुका साँझ नपरुन्जेल घर वरिपरीकै करेसाबारीमा विभिन्न किसीमका तरकारीहरु गोडमेल गर्ने टिप्ने विकि्र गर्न उहाँ व्यस्त हुनुहुन्छ । उहाको बारीमा मौसमी तथा बेमौसमी गरी दर्जनौ किसीमका तरकारीहरु छन् ।
विगत दुई दशकदेखि व्यावसायीक तरकारी खेतीमा लाग्नुभएकी मायादेवीले घर वरिपरिको तीन रोपनी जग्गामा तरकारी खेती गरेर बार्षिक चार लाख रुपैया कमाउँदै आउनुभएको छ । रोजगारीको सिलसिलामा लामो समय श्रीमान सँग भारतका विभिन्न ठाउँमा वसेपनि गतिलो कमाई गर्न नसकेपछि गाउँमै फर्केर व्यवसायीक रुपमा तरकारी गर्न थालेपछि अहिले मनग्गे कमाई गर्न थाल्नुभएको हो । मेहनत र परिश्रम गर्ने हो भने विदेशीनु पर्दो रहेनछ उहाले भन्नुभयो-’जिल्ला कृषि विकास कार्यालयले तरकारी खेती सम्वन्धी तालिम दिएपछि सकि्रय भएर लागेकी हुँ ।’
कुनै किसीमको रासायनिक विषादी र मल प्रयोग नगरी प्राङगारीक पद्धतीवाट खेती गरेर प्रसस्त आम्दानी गर्ने गरेको उहाको भनाई छ । काउली बन्दा टमाटर भण्टा साग प्याज लसुन लगायत मौसम अनुसारका तरकारीहरु उहाले उत्पादन गर्दै आउनुभएको छ । त्यस्तै मौसमी तथा बेमौसमी काक्रो घिरौला लगायतका तरकारीहरु पनि उहाले उत्पादन तथा विक्री गर्दै आउनुभएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com