लिवियामा सरकार विरोधी आन्दोलन चर्कदै गएपछि लिविया पुगेका नेपालीहरुलाई स्वेदश फर्काउने तयारी भैरहेको छ । आन्दोलनकारीहरुको चर्को आन्दोलन र सत्ता पक्षको अडानका कारण त्यहाँ प्रदर्शन अझै चर्कने सम्भावना रहेको छ । लिवियामा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनुको विकल्प नरहेको इजिप्टमा रहेको नेपाली दुतावासले जनाएको छ ।
अहिले सम्म त्यहाँ रहेको सबै नेपालीहरु सुरक्षित रहेपनि अनपेक्षित घटना हुन नदिन पनि उनीहरुलाई फर्काइनुपर्ने दुतावासको भनाई छ । यसै क्रममा इजिप्ट हुदै ६ सय नेपाली नेपाल फर्काउने तयारी भैरहेको लिविया हेर्ने इजिप्टका लागि नेपाली अधिकारी तिर्थ अर्यालले जानकारी दिनुभएको छ ।
लिवियामा नेपालीहरुले काम गर्न छोडेको चार दिन वितिसकेको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com