कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पूर्व राजा समर्थितहरुले राजसंस्था फर्काइ छाड्ने दाबी


पूर्व राजा समर्थितहरुले राजसंस्था फर्काइ छाड्ने दाबी गरेका छन्।  राजा नभएकै कारण मुलुक अन्यौलता तर्फ धकेलिएको उनीहरुको भनाइ छ। उनीहरुले मुलुकका लागि अहिले सरकार भन्दा पनि राजसंस्था आवश्यक भएको बताए। पूर्व रानी कोमल शाहको ६१ औं जन्मोत्सवको अवसर पारेर राजधानीमा पूर्व राजा समर्थितहरुले आयोजना गरेको कार्यक्रमका वक्ताले राजाले मात्र देशमा दिगो शान्ति र संविधान जारी गर्न सक्ने ठोकुवा गरे। देशको अवस्था अहिलेकै जस्तो रही रहे राजसंस्था केही समयपछि आफै ब्यूँतिने उनीहरुको भनाइ थियो।

उनीहरुले राजा मात्र नभइ २०४७ सालको संविधान पनि आफै सक्रिय हुने बताए। अधिवक्ता रामजी विस्टले राजालाई कसैले नहटाएको भन्दै केही समयका लागि राजनीतिक दललाई देशको कार्यभार सम्हाल्ने जिम्मा दिएको बताए।  पूर्व राजाले चाँडै देशको शासन सम्हाल्ने भन्दै कार्यक्रमका सहभागीलाई वक्ताहरुले उत्साहित बनाउने प्रयास गरेका थिए।


No comments:

Post a Comment

kushmabajar.blogspot.com