कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने बताएका छन्। पूर्व मन्त्री तथा एमाले नेता शङ्कर पोखरेलले भने माओवादी लडाकुको समायोजन नभई गृह माओवादीलाई दिँदै नदिने बताएका छन्।
साक्षात्कारमा बोल्दै श्रेष्ठले सात बुँदे सहमतिभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति भएकाले गृह मन्त्रालय नदिए सहमतिको कार्यान्वयन नभएको ठहरिने दाबी गरे। उनले भने- सात बुँदेभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति छ।

गृह माओवादीलाई दिन्न भन्नु सहमति कार्यान्वयन गर्दिन भन्नु हो। यस्तो अवस्थामा माओवादी सरकारमा सहभागी हुने कुरै आउँदैन। उपाध्यक्ष श्रेष्ठले भने- सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिन्न हुन्न भन्ने तर्क कुर्तक हो। आफूहरुलाई त्यस्तो तर्क कुनै पनि हालतमा मान्य हुन नसक्ने पनि उनले स्पष्ट पारे।

No comments:

Post a Comment

kushmabajar.blogspot.com