कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बेपत्ता भएका विद्यार्थीको खोजीका लागि पर्वतको टोली परिचालन

कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका विद्यार्थीको खोजीका लागि पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको चण्डिका शसस्त्र प्रहरी गणले आज देखि तालिमप्राप्त बिशेष गोताखोर टोली परिचालन गरेको छ ।
शसस्त्र प्रहरीको धादिङ्गको कुरिनटार स्थित बिपत ब्यबस्थापन तालिम केन्द्रबाट बिशेष तालिम प्राप्त टोली झिकाई खोजी शुरु गरिएको गणले जनाएको छ ।
खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना तालिम प्राप्त शसस्त्र प्रहरी परिचालन गरिएको गणपति मदनिसंह बिष्टले जानकारी दिनुभयो । टोलीले पर्वत र बागलुङ्ग जिल्लाको सिमानामा रहेको मालढुंगामा लगायतको क्षेत्रमा खोजी कार्य गरिरहेको छ ।
गत शनिवार कालिगण्डकी नदीमा वेपत्ता भएका युएस एक्याडेमी कक्षा ६ मा पढ्ने सुनिल गैरेको पटकपटकको खाजी कार्य असफल भईरहेको छ । बेपत्ता बालकको लागि खोजीका लागि नेपाली सेनाशसस्त्र प्रहरी नेपाल प्रहरी र स्थ्ाानियबासी परिचालीत भएपनि फेला पार्न नसकेको हो ।
यता छोरा बेपत्ता भएपछि उनकी आमा भने हप्तादिनदेखी अर्धअचेत अबस्थामा रहेकी छिन । बागलुङ नरेठाँटी-३ की कालिका गैरे हराएको छोरा एक सातादेखि नभेटिएपछि हराएकै दिनबाट अर्धअचेत अबस्थामा रहेको परिवारजनले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com