एकीकृत माओवादी निकट युवा संगठन वाइसिएल कार्यकर्ताले मकवानपुर एमाले जिल्ला सचिवालय सदस्य रामचन्द्र राइमाथि कुटपिट गरेका छन् । पार्टिको वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियानमा हिडेका राइमाथि मकवानपुरको आग्रा गाविस २ देउखेल भन्ने स्थानमा वाइसिएल आग्रा इन्चार्ज टीकाराम रुम्बाको नेतृत्वमा रहेको समुहले हिजो सांघातिक आक्रमण गरेको एमाले मकवानपुरले जनाएको छ ।
एमाले अध्यक्ष रामेश्वर रानाले विज्ञप्ति प्रकाशन गर्दै आफ्ना सदस्य राईमाथि भएको आक्रमणको घोर निन्दा तथा भत्सर्ना गर्नुभएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com