कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

काग्रेसलाई पनि सरकारमा सहभागी गराउने लविङ्ग सुरु


एकीकृत नेकपा माओवादीको समर्थनमा प्रधानमन्त्रि बनेका एमाले अध्यक्ष झलनाथ खनालको सरकारले पूर्णता नपाउँदै नेकपा एमालेभित्र काग्रेसलाई पनि सरकारमा सहभागी गराउने लविङ्ग सुरु भएको छ ।
त्यसकैलागी एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटिको बैठक पनि बोलाएको बताईएको छ । आज बसेको स्थायी कमिटिको बैठकमा अध्यक्ष झलनाथ खनालले माओवादीलाई कुनै पनि हालतमा सहमति कार्यान्वयन गरेर सरकारमा ल्याउनु पर्ने प्रस्ताव सहित केन्द्रीय कमिटिको बैठक बोलाउन प्रस्ताव गरेपछि बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले माओवादीलाई मात्रै होईन काग्रेसलाई पनि सरकारमा ल्याउने भए मात्रै बैठक बोलाउन दवाव दिएपछि पोलिटब्यूरो र केन्द्रीय कमिटिको बैठक बोलाईएको सचिव शंकर पोख्रेलले जानकारी दिए ।
स्रोतका अनुसार केन्द्रीय कमिटिको बैठकबाट नेपाली काग्रेसलाई गृहमन्त्रालय दिएर भए पनि सरकारमा सहभागी गराउने तर माओवादीलाई गृहमन्त्रालय दिन नसक्ने विषय र सात बुँदे सहमति कार्यान्वयनको विषयमा अध्यक्ष खनाल अल्पमतमा परेका थिए ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com