सदरमुकाममा खुलेका पुस्तकालयमा पाठकहरुको आकर्षण घट्दै गइरहेका बेला पर्वतको दुर्गम गाउँमा खुलेको पुस्तकालयमा भने पाठकहरुको भीड लाग्ने गरेको छ ।
वहाकी गाविसस्थित वहाकी उच्च माविमा पुस्तकालयको स्थापनासँगै पाठँपुस्तक र युवा वृद्ध बालबालिका सबैका लागि आवश्यक पुस्तक उपलब्ध हुन थालेपछि पाठकहरुको भीड लाग्ने गरेको हो । त्यहाँ अहिले विद्यार्थीमात्र नभई स्थानीयवासीसमेत फुस्रदको समय पुस्तकालयमानै बिताउन थालेका छन् ।
विद्यालयका भूतपूर्व विद्यार्थीको सहयोगमा आर्थिक तथा भौतिक सामग्रीसहित करिब रु एक करोड बराबरको सहयोग र रुम टु रिडले दिएको पुस्तकबाट पुस्तकालय स्थापना गरिएपछि विद्यालयका विद्यार्थीहरु फुस्रदको समय पनि पठनपाठनमै बिताउने गरेका छन् ।
स्वेरनिम नामको स्विडेनको एक संस्थाले विद्यालयलाई पुस्तकालय भवन क्याम्पस भवन निर्माण वृक्षरोपण शैक्षिक सुधार र पुस्तकालयलाई चाहिने आवश्यक शैक्षिक सामग्री उपलव्ध गराएको प्राचार्य पदमराज न्यौपानेले बताउनुभयो ।
अहिले उक्त क्षेत्रका चन्द्र माध्यमिक विद्यालय सगरमाथा निमाविलगायतका दर्जनभन्दा बढी विद्यालयमा पुस्तकालय स्थापना भई व्यवस्थितरुपमा साचालन हुँदै आएका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com