प्रदिप पन्त
बागलुङ ३ फागुन - दलित युवायुवतीलाई स्वरोजगार बनाउने उद्धेश्यले बागलुङमा २२ युवालाई मोटर ड्राइभिङ तालिम आजदेखि दिन थालिएको छ । स्थानीय विकास मन्त्रालयको उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिको सहयोग र जिल्ला समन्वय समितिले छनौट गरेका युवायुवतीलाई एक महिने तालिम दिइएको हो ।
समितिका केन्द्रीय उपाध्यक्ष डिवि परियारले तालिमको शुभारम्भ गर्नुभयो आर्थिक कमजोरीका कारण दलित समुदाय सामाजिक रुपमा समेत पछाडि परेकोले अगाडि बढाउन तालिमको आयोजना गरेका परियारले बताउनुभयो ।
बागलुङमा भने जिविसले थप १२ जना युवालाई तालिमका लागि सहयोग गरेपछि २२ जनालाई दिइएको हो । समितिले सबै काममा राम्रो समन्वय गरेकोले जिविसले सहयोग गरेको स्थानीय विकास अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो । बागलुङमा रहेको मुक्तिनाथ ड्राइभिङ सेन्टरले दिने तालिम पछि युवाहरुले स्वरोजगारका लागि काम खोज्ने बताएका छन् । देशभरका जिल्लाबाट दश जनाको दरले स्वरोजगार बनाउन यस्तो तालिमको आयोजना गरिएको हो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com