मुस्ताङ फागुन १ । तपाईहरुमध्ये कसैले घरमा बिरालो पाल्नुभएको छ भने सचेत हुनुहोला है । कहिलेकाहिँ बिरालो भोकै रहेछ भने तपाईको हात खुट्टा वा शरिरका अन्य जुनकुनै अङ्ग खाइदिन सक्छ । कसैले सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला आंला सहित पुरै हात खाइ दिन्छ भन्ने कुरा तर यस्तै नसोचेको कुरा भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा नंवर ९ को एक परिवारमा ।
शनिबार राती सुतिरहेको अवस्थामा बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो ।
आइतबार बिहान बालिकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको अस्पतालका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिए । बालिकाको उपचारमा डा भोजराज गौतम डा सदिप जोशी लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन ।
आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताए । वालवालिकाको सरसफाई लगायतका विषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर् याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई छ । गत बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो ।
अन्य कुनै जनावरले हो की भन्ने प्रश्नमा आमा ढोका गुरुङले घर नजिकै आफुहरु काम गदै गर्दा आफन्तको बिरालोले आफ्नी छोरीको हात खाएको बताउनु भयो । बिरालो ठुलो भएकोले पछि मार्न पनि सकिएन । बिरालो कुकुर जस्ता जनावरले टोके पछि एण्टीरेवीज भ्याक्सीनदिनु पर्ने भएकाले जिल्ला अस्पताल मुस्ताङले पोखरा रिफर गर्ने तयारी गरिरहेको अहेव चुडामणि पोख्रेलले जानकारी दिए ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com