कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वत महोत्सवमा धौलागिरि अन्चलका पर्यटकीय क्षेत्रको प्रचारप्रसार


फागुन १ । पर्वतमा हुन लागेका पर्वत महोत्सवमा धौलागिरि अन्चलका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिने भएको छ । पर्वत उद्योग वाणिज्य संघले आइतबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा म्याग्दीबाग्लुङपर्वत र मुस्ताङका आर्कषणलाई प्रचारप्रसार गर्न स्थानिय सरोकारवाला निकायसंग सहकार्य गरिने बताएको छ ।
फागुन १६ देखि २२ गते सम्म पर्वतको सदरमुकाम कुस्मामा हुन लागेको तेस्रो धौलागिरि अन्चलस्तरिय पर्वत महोत्सवको प्रचारप्रसार गर्न क्रममा म्याग्दी आइपुगेको टोलीले सो कुरा बताएको हो ।
पत्रकार सम्मेलनमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठले धौलागिरि अाचलका म्याग्दी मुस्ताङ बाग्लुङ र पर्वतका एतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारका गरिने बताए ।
उद्योग वाणिज्य संघ म्याग्दीको सभाहलमा भएको पत्रकार सम्मेलनमा स्थानीय उद्यमीको उत्पादन डकुमेन्टी पर्यटकीय क्षेत्रको जानकारी नेपालकै अग्लो झोलुङ पुलको अबलोकन आर्कषका केन्द्रबिन्दु रहने बताइएको थियो ।
पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनीले पर्यटनवर्षलाई सघाउनका लागि पनि महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
महोत्सव अवधिभर वहुराष्ट्रिय कम्पनी युनिलिभरले १५ सय जना दर्शकलाई निशुल्क तेल उपहार दिने बताएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com