कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

यहाँ स्थित नेपाली समुदायको लागि सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सामाजिक संस्था एकिकृत हङकङ नेपाली समाज (हिन्स)ले जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम याउ मा तेई स्थित हेनरी जी लङ कम्युनिटी हलमा भव्यताको साथ सम्पन्न गरेको छ।

हङकङको संवैधानिक मामिला सम्बन्धि मूख्यभूमी ब्यूरो प्रायोजक रहेको यस जातीय सद्भभाव सांस्कृतिक कार्यक्रममा हङकङ बिधान परिषदका अध्यक्ष जासपर चांग, याउ ची मोङ जिल्ला अधिकृत श्रीमति विक्की कोक, हङकङ स्थित नेपाली महाबाणिज्यदूत बिनोद कुमार उपाध्याय, बंगलादेशी महाबाणिज्यदूत अशुद अहमद, पाकिस्तानी महाबाणिज्यदूत मीर बादशाह, डि.ए.बि. का अल्पसंख्यक समुदाय प्रमुख अल्बर्ट लाम, याउ मा तेई पुलिस डिभिजन कमाण्डर एस. पी. लाम स्टिभ, पाकिस्तानी वेलफेयर युनियनका अध्यक्ष मोहम्मद लिकायत, हङकङ नेपाली महासंधका अध्यक्ष दिप (प्रदिप) थापामगर, एन.आर.एन हङकङका अध्यक्ष यम (त्रिलोक) गुरूङ तथा नेपाल चेम्बर अफ कमर्शका महासचिव दासुराम पराजुलीलाई आसन ग्रहण गराईएको थियो भने हङकङ स्थित नेपाली समुदायमा कार्यरत अन्य संस्थाका प्रतिनिधिहरू तथा पत्रकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको थियो।

संस्थाका सचिव बिनय शाहले स्वागत मन्तव्य व्यक्त गर्दै हिन्स र यसले नेपाली समुदायको लागि सञ्चालन गर्दै आएको “नेपाली समुदाय सहयोग टिम” बारे संक्षिप्तमा चर्चा गरेका थिए। बोल्ने क्रममा सचिव शाहले हिन्सलाई हङकङको अन्तर्देशीय राजस्व बिभागले आफ्नो धारा १८ अनुसार च्यारिटेबल संस्थाको रूपमा मान्यता दिएको पनि जानकारी गराए। कार्यक्रममा संस्थाका अध्यक्ष बुद्दि बहादुर थापाले आगन्तुक पाहुना तथा उपस्थित जनसमुदायहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले गरेको प्रगतिबारे चर्चा गरे। हिन्सले नेपाली समुदायमा प्रभावकारी कार्य गरेबापत छोटो समयमै हङकङ सरकारसंग परिचित भएको बताउंदै संस्थाको कार्य सम्पादन गर्नको लागि आज केहि फुल टाईम कार्य गर्ने व्यक्ति र कार्यालयको लागि स्थान पनि प्राप्त गरेको बताए। हङकङमा रहेका अन्य नेपाली संध संस्थालाई हिन्ससंग सहकार्यको लागि आग्रह गर्दै अध्यक्ष थापाले संस्थालाई प्राप्त स्थान नेपाली समुदायको हितको लागि स्थापना भएको कुनै पनि संध संस्थालाई आफ्नो कार्यक्रम अनुकूल हुन्छ भने प्रयोग गर्न आग्रह पनि गरे। बोल्ने क्रममा हङकङ बिधान परिषदका अध्यक्ष जासपर चांग, याउ ची मोङ जिल्ला अधिकृत श्रीमति विक्की कोक र हङकङ स्थित नेपाली महाबाणिज्यदूत बिनोद कुमार उपाध्यायले हिन्सले गरेको कार्यको प्रशंसागर्दै संस्थालाई आगामी दिनहरूमा अझै प्रभावकारी तरीकाले नेपाली समुदायमा कार्य गर्न शुभ कामना दिएका थिए।

No comments:

Post a Comment

kushmabajar.blogspot.com