कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा कुशकुमार जोशी


 नेपाली उद्योगपति एवं व्यापारीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा आफ्नो पक्षलाई विजयी गराउन उद्योगी व्यापारीहरूको दौडधुप चलिरहेको छ । कुशकुमार जोशी अध्यक्षमा निर्वाचित हुंदा वरिष्ठ उपाध्यक्षलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने सहमति तोकिएकाले यसपटक पनि निर्वाचनद्वारा नै अध्यक्ष चयन हुने निश्चित भएको छ ।
चुनावी तिथि नजिकिदै जांदा उद्योगी व्यापारीहरू पनि पक्ष-विपक्षमा प्रत्यक्ष रूपमा देखिन थालेका छन् । यसपटक उपाध्यक्ष सुरज वैद्य र कार्यकारी सदस्य रहेका आजाद श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । हुन त अर्का उद्योगी कृष्ण ताम्राकारले पनि उम्मेदवारी घोषणा गर्ने चर्चा छ । सबभन्दा पहिले आजाद श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार-प्रसार सुरु गरेपनि हालसम्म वैद्य र ताम्राकारले औपचारिक रूपले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । सम्भवतः यसै साता उद्योगपति सुरज वैद्यले उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको थाहा भएको छ ।
गण्डकी र धौलागिरीको समर्थनमा आजाद उठेका भनिएपनि त्यस क्षेत्रका उद्योगी व्यापारीहरूसमेतको ध्यान वैद्यतर्फ खिचिदै गएको भनिंदैछ । ढकाल र जोशीले यसपटक अप्रत्यक्ष रूपमा चुनाव लड्दै गरेको चर्चा पनि चलिरहेको छ । महासंघका अर्का प्रभावशाली व्यक्तित्व भाष्करराज कणिर्कारसमेतले वैद्यको समर्थन गरेकाले वैद्यको पल्ला गह्रौं हुंदै गएको विश्लेषण गरिएको छ । पूर्व अध्यक्षहरू आनन्दराज मुन्मी, रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोदवहादुर श्रेष्ठले पनि चांडै निर्णय गरी अध्यक्षमा जिताउने नाम सार्वजनिक गर्ने भएका छन् । सम्भवतः महासंघको हितका पक्षमा काम गर्नसक्ने उम्मेदवारको रोजाई उनीहरूको सुरज वैद्य नै हुनेछन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com