कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मंगलबार साझ निसी खोलाले बगाएर एक बालिकाको मृत्यु


बागलुङको बोहोरागाउमा मंगलबार साझ निसी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । देविस्थान ६ स्थायी घर भई हाल बोहोरागाउ ८ जिरीमा मामाघर बसी लिटिल रोस बोर्डिङ स्कुलमा कक्षा नस्ररीमा अध्ययन गर्दै आएकी ५ बर्षिय बिपना कंडेलको खोलाले बगाएर मृत्यु भएको जनाइएको छ ।
स्कुलबाट घर फर्कने क्रममा बोहोरागाउ ४ स्थित कालेखेतबाट निसी खोलाले बगाएर मृत्यु भएको र आज मुचुल्का उठाएर पोष्टमार्टमका लागि बुर्तिबाङ लगिएको छ ।
यसैबिचगत माघ ५ गते घरबाट निस्केका हटिया गाविस-४ का एक युवा हटिया-२ को एक जङ्गलमा मृत अवस्थामा फेला परेका छन् ।
हटिया गाविस-४ बस्ने ३४ बर्षीय डोलेन्द्र बहादुर खत्री घर देखि ४ घण्टा पश्चिममा पर्ने हटिया-२ को बोहोराफरे जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । उनको भिरबाट लडेर मृत्यु भएका कारण सव बिक्षिप्त अवस्थामा रहेको प्रहरीले बताएको छ । खत्रीको शवको केही भाग बन्यजन्तु खाएको र बाकी सडेको अवस्थामा भेटिएको खोजीमा जानेहरुले बताएका छन् ।
खत्री भिरबाट करिब ५ सय मिटर तल खसेको प्रहरी अनुसन्धानले देखाएको घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
यस्तै म्याग्दीको ओखरबोटमा गए राति भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार साझ दरबाङबाट आफ्नो घर तर्फ जादै गर्दा जुगेपानीको भिरबाट लडेर ओखरबोट वडा नम्बर २ महाभिरका ४२ बर्षिय गगां बहादुर बिकको मृत्यु भएको हो ।
राति सम्म पनि घर नआएपछि परिवार र छिमेकीले खोजी गर्ने क्रममा आज बिान मृत अवस्थामा फेला परेको स्थानिय भोजराज बिकले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com