कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सात बुंदे सहमति शान्ति प्रक्रियाकै लागि चुनौती- केसी


कांग्रेस वरिष्ठ नेता अर्जुननरसिंह केसीले माओवादी एमालेबीच हालै भएको सात बुंदे सहमति शान्ति प्रक्रियाकै लागि चुनौती दिने खालको रहेको बताएका छन् । स्वीट्जरल्याण्डमा आयोजित द्वन्द्व व्यवस्थापन सम्बन्धि सेमिनार सकेर लन्डन आइपुगेका केसीले कुश्माबजार संग कुरा गर्दै सो सम्झौता सहमतीय राजनीतिको वाधक रहेको पनि बताए ।
'सम्झौतामा लोकतन्त्रको अघिल्तिर जनताको विभुषण थपेर सर्वसत्तावादी दृष्टिकोण जसरी प्रदर्शन जसरी भएको छ, त्यसमा हाम्रो आपत्ति छ । लोकतन्त्रको अगाडि कुनै विभुषण लगाउनुपर्दैन' केसीले भने ।
लामो समयसम्म सरकार विहीनताको अवस्थामा सरकार बन्दा आफूहरुलाई कुनै आपत्ति नभएको बताउंदै नेता केसीले माओवादी एमाले आलोपालो सरकार बनाउने भन्ने सम्झौता पनि आपत्तिजनक रहेको टिप्पणी गरे ।
'त्यो भन्दा बढि आपत्तिजनक त माओवादीले प्रत्यक्ष अप्रत्यक्ष रुपबाट राष्टिय सुरक्षा अंगभित्र पनि आफ्नै अंग स्थापित गरेर देश आफ्नो नियन्त्रणमा राख्न खोज्ने जुन दुष्साहसिक र अलोकतान्त्रिक मनसाय चित्रण भएको छ, त्यसको घोर विरोधमा हामी छौं' केसीले थपे ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com