कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

उद्योगी व्यवसायीले अन्चलबाटै कर तिर्ने व्यवस्था गर्न माग

 धौलागिरि अन्चलका उद्योगी व्यवसायीले अन्चलबाटै कर तिर्ने व्यवस्था गर्न माग गरेका छन् । कर कार्यान्व्यन वर्ष २०६७ अन्तरगत करको दायरा बढाउन सचेतना अभियान सचालन गरेको आन्तरिक राजस्व कार्यालय पोखराको टोलीसँग म्याग्दी बागलुङ र पर्वतका करदाताहरुले सो माग गरेका हुन् । 
टोलीले बेनीमा आयोजना गरेको कार्यक्रममा बेनीका व्यवसायी सुवास कुमार श्रेष्ठले म्याग्दीबाट कर तिर्न पोखरा पुग्नुपर्ने समस्या रहेकाले पनि मासिक र चौमासिक आम्दानी विवरण बुझाउन तथा कर तिर्न जान समस्या परेको बताउनुभयो ।
वर्षमा एक पटक घुम्ती टोली जिल्लामा कर संकलन गर्न आउने गरेपनि कर तिर्नुपर्छ भन्ने मान्यतानै नभएको ठाउँमा त्यो प्रभावकारी हुन नसकेको अर्का व्यवसायी तमबहादुर थापाले बताउनुभयो ।
बागलुङमा शाखा कार्यालय भएपनि कर्मचारी अभावमा बन्द अवस्थामा छ । एक अधिकृत र एक नायव सुब्बाको दरवन्दी रहेको कार्यालयमा कर्मचारीको व्यवस्था गरेर तत्कालन साचालन गर्न टोलीसमक्षा करदाताहरुले माग गरेका छन् । एक दुई हजार रुपैया कर तिर्न पनि तीन चार हजार रुपैया तिरेर पोखरा पुग्नुपर्दा कर संकलन प्रभावित हुने व्यवसायी बेलबहादुर कटुवालको भनाई छ ।
नयाँ करदाताको संलग्नता बढाउने प्यान नम्बर लिएर कर नतिरेका र तिरिरहेकालाई प्रोत्साहीत गरि कर छली घटाउने उद्देश्यले गण्डकी र धौलागिरि अाचलका १० जिल्लामा अभियान साचालन गरिएको कार्यालयका प्रमुख कर अधिकृत कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com