२ फ़ेब्रुअरी, २०११ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले जेठ १४ गतेसम्म पनि संविधान बनाउन नसके सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुट भएको बताउनुभएको छ।
बलिदान गरेर ल्याएको गणतन्त्र गुम्न सक्ने अवस्था भइरहेकाले जनताले थप्पड मात्र हान्ने होइन जे पनि गर्न पाउने उहाँले बताउनुभयो। धादिङको मैदीमा रहेको संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भट्टराईले शान्ति र संविधान मुखले मात्र भन्ने तर सरकार र प्रधानमन्त्रीको कुर्सीमा को बस्ने भन्ने खिचातानीका कारण समस्या समाधान हुन नसकेको बताउनुभयो।
संविधान सभाको सबैभन्दा ठूलो दललाई सरकारको नेतृत्व दिन हुन्न भन्ने केही दलको अडानका कारण सरकार बन्न नसकेको उहाँले बताउनुभयो। आगामी जेठ १४ मा संविधान नबने देश गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिँदै अब बन्ने सरकारको मुख्य काम भनेको शान्ति प्रक्रियालाई टुंग्याउनु र संविधान लेखनलाई पूरा गर्नु भएकाले त्यसका लागि राष्ट्रिय सरकारको आवश्यकता पर्ने बताउनुभयो। देशका मुख्य दलहरु सम्मिलित सरकार बन्नुपर्छ भन्ने आफ्नो पार्टीको माग रहेको भन्दै उहाँले प्रचलित मान्यताअनुसार सरकारको नेतृत्व भने सबैभन्दा ठूलो दलले पाउनुपर्ने दाबी गर्नुभयो।
भट्टराईले संविधानसभाको जननी माओवादी हो भन्दै माओवादी शान्तिप्रक्रिया र संविधान निर्माणमा जिम्मेवार छैन भन्ने कुरा झूटो भएको बताउनुभयो। एउटा प्रधानमन्त्रीको कुर्सीका लागि देशलाई पुनः प्रतिगमनतिर धकेल्न नहुने भन्दै भट्टराईले अब बाँकी तीन महिनामा पनि संविधान नबने जनताले आफूलगायत सम्पूर्ण नेतालाई जे पनि गर्न सक्ने भएकाले त्यसका लागि तयार हुनुपर्ने बताउनुभयो। शान्ति र संविधान सुनिश्चित नभए जनतालाई सडकमा आउन आग्रह गर्नुभएका भट्टराईले त्यसको नेतृत्व माओवादीले गर्ने बताउनुभयो।

दलका नेताहरुले शान्ति र संविधानमा गम्भीरता नदेखाई देश बिगारेकाले उनीहरुलाई सुधार्नका लागि भन्दै सुनसरीका देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममै झापड हानेपछि अन्य नेताहरु पनि आफूमाथिसमेत त्यस किसिमका घटना हुन सक्नेतर्फ सचेत भएका छन्।
No comments:
Post a Comment
kushmabajar.blogspot.com