२ फ़ेब्रुअरी, २०११ । सरकारले साउदी अरेबियाका लागि नेपाली राजदुत हमिद अन्सारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले आर्थिक अनियमिततासम्बन्धी आरोप लागेका राजदुत अन्सारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
यसैगरी बैठकले बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्रसेवक निजामती कर्मचारी र शिक्षकलाई पोसाक भत्ता दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले जानकारी दिए।
त्यस्तै, बैठकले नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो) का लागि अस्ट्रेलियन सहयोग रू. १ अर्ब ८४ करोडका लागि सम्झौता गर्न स्वीकृति प्रदान गर्ने, विपद् व्यवस्थापनसम्बन्धी ऐनलाई सैद्धान्तिक सहमति दिने, बेरुजु फर्छ्यौट मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदनको कार्यान्वयन गर्ने,
देशका २५ वटा जिल्लामा भीओआइपी सेवा सुरु गर्ने निर्णय गरेको छ। साथै बैठकले जातीय उन्मूलनम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदनका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने र कर्णाली क्षेत्र विकास समिति गठन गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए
No comments:
Post a Comment
kushmabajar.blogspot.com