कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नदीको कटान नियन्त्रणमा ढिलाइ हुँदा म्याग्दीको गलेश्वरका बासिन्दा चिन्तित

 राहुघाट नदीको कटान नियन्त्रणमा ढिलाइ हुँदा म्याग्दीको पिप्ले गाविस-१ गलेश्वरका बासिन्दा चिन्तित बनेका छन् । गत भदौ २५ गते राहुघाट खोलामा आएको बाढीले गरेको कटान नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका सरकारी निकाय राजनीतिक दल र सरोकारवालाले काम गर्न बेवास्ता गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।

भदौ २८ गते बाढीग्रस्त क्षेत्रको अनुगमन गर्न गएका सरोकारवालाहरुले कटान नियन्त्रणका लागि तटबन्ध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हिउँद सकिनै लाग्दासमेत काम सुरु नहुँदा स्थानीयवासीले उनीहरुको ध्यानाकर्षण गराएका छन् ।

कटान नियन्त्रण हुन नसक्ने हो भने वर्षात्मा आउने बाढीले वस्ती कटान गर्ने डरले स्थानीयवासी चिन्तित भएका राहुघाट नदी नियन्त्रण समितिका अध्यक्ष लक्ष्मण चालिसेले बताउनुभयो । गाविसले रु ६९ हजार विनियोजन गरे पनि त्यो रकमबाट धेरै काम हुन नसकेको उहाँको भनाइ छ ।

ुगाविसबाट निकै सङ्घर्ष गरेर पाएको रकमले खोलाको बहाव परिवर्तन गराएका छौँ तटबन्ध गर्न लाखौँ रुपैयाँ आवश्यक पर्छु स्थानीय वृद्धिप्रसाद गौचनले भन्नुभयो- 'हिउँदमा तटबन्ध नहुने हो भने वस्ती जोखिममा पर्छ । यस्तै अवस्थामा यहाँ बस्न सक्ने अवस्था छैन ।'

सो ठाउँमा ३० घरपरिवार बसोबास गर्छन् । त्यसैगरी राहुघाट र कालिगन्डकी नदीको दोभानमा रहेको कुटीमा वषार्ंैदेखि बस्दै आएका साधुसन्तहरु पनि नदी कटानका कारण विस्थापित हुन थालेका त्यहाँ बस्दै आएका स्वामी धर्मानन्द सरस्वतीले बताउनुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले काममा ढिलाइ भएको स्वीकार गर्दै भू-संरक्षण कार्यालय प्रधानमन्त्री राहत कोषलगायतका ठाउँमा तटबन्ध निर्माणका लागि अनुरोध गरेकाले छिट्टै काम हुने बताउनुभयो । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com