कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

आज विद्यार्थीहरुले घन्टाघर अगाडि प्रदर्शन


चाबहिलमा हिजो भएको विद्यार्थीमाथि प्रहरीले गरेको दमनविरुद्ध आज विद्यार्थीहरुले घन्टाघर अगाडि प्रदर्शन गरेका थिए । त्रिचन्द्र क्याम्पस स्ववियुद्वारा गरिएको सो प्रदर्शनका कारण त्यस क्षेत्रमा आवागमन दुई घन्टासम्म अवरोध भएको थियो ।
पशुपति बहुमुखी क्याम्पसका दुई विद्यार्थीलाई हिजो मित्रपार्कमा पानी बोकेको टयाङ्करले ठक्कर दिई घाइते बनाएपछि विद्यार्थीले गरेको विरोध कार्यक्रममाथि प्रहरी दमन गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । सो क्याम्पसमा अध्ययनरत १७ वर्षीया तेजकुमारी सुवेदी गम्भीर घाइते भई ओम अस्पतालमा भर्ना भएकी छन् । हिजो चाबहिलमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी क्याम्पसभित्र प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com