ओखलढुङ्गाको दक्षिण थाक्ले ८ सोक्मटारका ६२ बर्षिय थमानसिं राईको खुकुरी प्रहारबाट मृत्यु भएको छ । राईका ६३ वर्षिया श्रीमति जैतु राई पनि घाइते भई उपचारको लागि राजधानी ल्याइएको छ । राई दम्पत्तिको आफ्नै घरमा बास बस्ने बटुवाले हत्या गरेको जनाइएको छ । थाक्ले गाविसका पूर्व अध्यक्ष मानबहादुर राईले हत्यामा ओखलढुङ्गाको निसंखे ७ तल्वारका जितबहादुर माझीसंलग्न रहेको जानकारी दिनुभयो ।
किराना पसल चलाउँदै आएका राई दम्पत्तीको घरम हिजो राती बास बस्न आएका माझीले सुनको गहना लुट्ने क्रममा खुकुरी प्रहार गरेका थिए । प्रहार पश्चात थमानसिं राईको घटना स्थलमा नै मृत्यु भएको थियो । त्यस्तै उनकी श्रीमती जैतु राई भने गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि राजधानी ल्याइएको आफन्तले जनाएका छन् ।
हत्यारा माझीलाई स्थानीयवासीले खुकुरी र सुनको कुण्डलसहित भाग्दै गरेको अवस्थामा पक्राऊ गरेका थिए । माझी नेपाली सेना भएको र हाल चितवनमा कार्यरत रहेको जनाइएको छ । दोषीलाई कारवाहीको माग गर्दै स्थानीय गाउँले, विद्यालयका विद्यार्थीले प्रहरी चौकी समेत घेराउ गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com