कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सात बुँदे गोप्य सम्झौताप्रति एमाले नेताहरुले आक्रोश


प्रधानमन्त्री बन्नुअघि अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सात बुँदे गोप्य सम्झौताप्रति एमाले नेताहरुले आक्रोश ब्यक्त गरेका छन् । मन्त्रालय बाँडफाँटका बिषयमा सहमति गर्न शनिवार बसेको दुईदलीय कार्यदको वैठकमा माओवादी नेताहरुले प्रचण्ड र झलनाथवीच भएको ७ बुँदे सहमति पेश गरेपछि एमाले नेताहरु चकित परेका थिए ।
जसमा माओवादी लडाकुको छुट्टै फोर्स बनाउने र सरकार आलोपालो प्रणालीअनुसार चलाउने बुँदा उल्लेख गरिएको छ । कार्यदल वैठकपछि निर्वतमान प्रधानमन्त्री माधवकुमार नेपाल,नेता केपी शर्मा ओली, सचिवहरु बिष्णु पौडेल र शंकर पोखरेलसहित वालुवाटारमा राती वसेको वैठकले पार्टीलाई जानकारी नदिई लिखितरुपमै गोप्य सम्झौता गर्ने र त्यसबारे पछिसम्म पनि पार्टीलाई गुमराहमा राख्ने काम गरेको भन्दै यसबिरुद्ध स्थायी समिति वैठकमा कुरा उठाउने निर्णय गरेको छ ।
लडाकुको छुट्टै फोर्स बनाउन सम्झौता गरेर सामुहिक समायोजनका लागि बाटो खुला गरिदिएको तथा सरकार आलोपालो सिष्टममा चलाउन सहमति दिनु पार्टीलाई धोका भएको एमालेमा नेताहरुले बताएकाछन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com