पुरानो रिसइबीका कारण युथफोर्स सुनसरी क्षेत्र नम्बर २ का सभापति रुपेश बजगाईले इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेललाई शनिबार राति झापड हानेका छन् । इटहरी जुट विकास टोलमा बसिरहेको बेला बजगाई नेतृत्वमा गएको युवाहरुको समूहले सभापति पौडेललाई ३ झापड हिर्काएका थिए । बजगाई दुई महिनाअघि कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।
इटहरी नगरपालिकामा भएको लाखौंको अनियमिततावारे आफुले आवाज उठाएकै कारण एमालेको निर्देशनमा हातपात भएको पौडेलले जानकारी दिए । बजगाईले भने कांग्रेस त्याग गरेपछि पौडेलले जथाभावी बोल्दै हिडेकाले रिस थाम्न नसकी कुटपीट गरेको बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com