कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादी केन्द्रीय सदस्यको हङकङमा शोक


१२ फागुन, हङकङ । नेपाली जनसरोकार समाज हङकङले एकीकृत नेकपा माओवादीका सदस्य तथा सभासद गौरीशंकर खड्काको निधनमा शोक सभा आयोजना गरेको छ । कार्यक्रममा खड्काप्रति समावेदना प्रकट गर्दै शोकाकुल परिवार एवं आफन्तजनप्रति पीडा सहन सक्ने क्षमताको कामना गरिएको थियो ।
झापा क्षेत्र न. २ बाट निर्वाचित ५२ वर्षीय खड्काको क्यान्सर रोगको उपचारका क्रममा फागुन ९ गते बिहान बी एण्ड बी अस्पतालमा निधन भएको थियो । उपचारका क्रममा सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य तथा सभासद गौरीशंकर खड्काको मंगलवार अन्तिक संस्कार गरिएको थियो । खड्काको शवलाई सोमवार माओवादी कार्यालय कोटेश्वरमा श्रद्वाञ्जली दिएपछि सोमवार नै हेलिकप्टरद्वारा गृहजिल्ला झापा पुर्र्याइएको थियो । संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर-२ बाट बिजयी सभासद् खड्का माओवादी कोचिला राज्य समितिका सेक्रेटरी समेत थिए । नेपाली जनसरोकार समाज हङ्गकङ्गका कार्यबाहक अध्यक्ष कृष्णबहादुर लिंखाको अध्यक्षतामा आयोजित सो कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com