कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जापानको नागोया शहरमा मगर दिवस


 मगर सेवा समिति तोकाई जापानले जापानको नागोया शहरमा मगर दिवस मनाउने भएको छ । मगर सेवा समिति जापानले फेब्रअरी २६ तारिखको साँझ नेपालका प्रथम सहिद लखन थापाको स्मृति दिवसको अवसरमा मगर दिवस मानाउने तयारी गरिरहेको छ ।
समितिले प्रत्येक वर्ष शहिद लखन थापाको सम्झनामा लखन दिवस मनाउँदै आएको छ । समितिले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि लखन दिवस र मगर दिवस एकैसाथ मनाउन लागेको मगर समाज समिति जापानले जानकारी दिएको छ । संस्थाका अध्यक्ष राजु रानामगरका अनुसार इचीकेनको मिकावा टोयोटास्थित एक नेपाली रेस्टुरेन्टमा २६ फेब्रुअरीको साँझ मनाउन लागिएको मगर दिवस समारोहमा नेपाल मगर संघलगायत विभिन्न मुलुकमा संगठित मगर संघ-संस्थाहरुलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा टाढाटाढाबाट सहभागी हुने पाहुनाहरुलाई यातायात र बसोबासको समेत बन्दोबस्त गरिएको कुरा समितिका भिजेन्द्रमान पुनमगरले जानकारी गराएका छन् । कार्यक्रममा जापानको कुनाकुनामा रहेका सम्पूर्ण मगरहरुलाई उक्त दिन उपस्थित हुन संस्थाका अध्यक्ष रानामगरले अनुरोध गरेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com