दोहोरो झडपका कारण इटहरी तनावग्रस्त
नेकपा-एमाले कार्यकर्ता र नेपाली काँग्रेस कार्यकर्ताबीच आज दिउँसो इटहरीमा दोहोरो झडपका कारण इटहरी तनावग्रस्त बन्न पुगेको छ । नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई हिजो साँझ हातपात गर्ने एमाले कार्यकर्ता रुपेश बजगाईलाई कारवाहीका लागि उजुरी गर्न इलाका प्रहरी कार्यालय इटहरी पुग्दा पुनः एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
त्यस क्रममा एमाले युवा सङ्घले चार राउण्ड पेस्तोलबाट गोली चलाएको नेपाली काँग्रेस नगर सभापति पौडेलले जानकारी दिनुभयो । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ ।
एमाले युवाहरू इलाका प्रहरी कार्यालयदेखि १०० मिटर पूर्व टेङ्ग्राखोला नजिक तैनाथ रहेका छन् भने नेपाली काँग्रेसका युवाहरू इटहरी चोकमा घट्नाको विरोध गर्दै एकघण्टे यातायात बन्द अभियानमा रहेका छन् ।
नेपाली काँग्रेसका नगर सभापति पौडेलका अनुसार इलाका प्रहरी कार्यालय इटहरीले पेस्तोल पड्काउने र आफूमाथि आक्रमण गर्ने रुपेश बजगाईलाई एकघण्टाभित्रमा नियन्त्रणमा लिने आश्वासन दिएकाले एक घण्टासम्म पर्खने बताउनुभयो
खनाल आज देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ
प्रधानमन्त्री झलनाथ खनाल आज देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । अपरान्ह साईत हेरेर खनाल बालुवाटार सर्नुभएको उहाँका सहयोगीहरुले जनाएका छन् ।
निर्वतमान प्रधानमन्त्री माधवकुमार नेपालले निवास छाड्पछि खनाल आज सर्नुभएको हो । खनालका साथ उहाँकी श्रीमती र छोरा पनि सर्नुभएको छ । प्रधानमन्त्री खनाल यस अघि काठमाडौंको डल्लु स्थित निजी निवासमा बस्दै आउनुभएको थियो
अनिलकुमार झालाई पार्टीबाट निलम्वित
नेपाल सद्भावना पार्टी आनन्दीदेवीले महासचिव अनिलकुमार झालाई पार्टीबाट निलम्वित गरेको छ। झालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको सो पार्टीले जनाएको छ। मुख्य सचेतकसमेत रहेका झालाई पार्टी निर्णय विपरित नयाँ सत्ता समीकरणमा सामेल हुने गतिविधिमा लागेको आरोप सो पार्टीको अध्यक्ष राजेन्द्र महतोले लगाउनुभयो
ला ब्रा लगाउन पो छुटेछ ! (फोटो फिचरसहित)
सेलिब्रेटीहरुले के खान्छन् ? के लगाउँछन् ? सबैको नजर हुन्छ । कलिउडका सेलिब्रेटी सडकमा आउँदा त दुई÷चार वटा क्यामरा तयार हुन्छन् भने बलिउड र हलिउडका कलाकार सडकमा आउँदा सयौं क्यामेरा सेलिब्रेटीलाई कैद गर्न तयार हुन्छन् ।
सेलिबे्रटीका सबै दृष्य क्यामेरामा कैद हुने भएपछि उनीहरुका राम्रा र नराम्रा पक्ष क्यामेरामा कैद हुने नै भए । त्यसमाथि बलिउडमा त कलाकारले see more
No comments:
Post a Comment
kushmabajar.blogspot.com